निर्वाचन आयोगले ६ दलको दर्ता खारेज गरेको छ। राजनीतिक दलसम्बन्धी ऐनको दफा ५४ (४)बमोजिम जरिवाना नबुझाउने ६ राजनीतिक दलहरूको दर्ता ऐनको दफा १२ बमोजिम खारेज गरिएको प्रवक्ता नारायण भट्टराईले बताए।
प्रवक्ता भट्टराईका अनुसार आम आदमी पार्टी नेपाल, नेपाल कम्युनिष्ट पार्टी (लोकतान्त्रिक), नेपाल राष्ट्रवादी पार्टी, आधुनिक नेपाल समाजवादी पार्टी, नेपाल कम्युनिस्ट पार्टी (गौरवशाली) र माओवादी जनमुक्ति पार्टी नेपाल खारेज भएको छ।
अयोगमा कुल १४३ दल दर्ता रहेकोमा ६ खारेज भएसँगै दलको संख्या १३७ कायम भएको छ।