नेपाल ट्रस्टको जग्गा लिज प्रकरणः तत्कालीन सचिवलाई ६ लाख, सहसचिवलाई १० लाख रुपैयाँ धरौटीमा छाड्न अदालतको आदेश

बुधबार, ९ पुष, २०८२
डिजिटल संस्करण

नेपाल ट्रस्टको जग्गा लिज प्रकरणमा पक्राउ परेका तत्कालीन सचिव र सहसचिवलाई अदालतले धरौटीमा छाड्ने आदेश दिएको छ। तत्कालीन सचिव अर्जुनबहादुर कार्कीसँग ६ लाख र सहसचिव लेखबहादुर कार्कीसँग १० लाख रुपैयाँ धरौटी माग भएको छ। 

केन्द्रीय अनुसन्धान ब्युरो(सिआइबी)ले उनीहरूलाई पक्राउ गरी सरकारी वकिल कार्यालयमार्फत गत २ पुसमा मुद्दा दायर गरेको थियो। पाँच दिनसम्म चलेको बयान र थुनछेक बहसपछि जिल्ला अदालत, काठमाडौंका न्यायाधीश रामचन्द्र खड्काको इजलासले धरौटी माग गरेको हो । 

नेपाल ट्रस्टको दरबारमार्गस्थित जग्गा यती समूहको थामशेर्कु ट्रेकिङलाई लिजमा लगाँउदा सवा पाँच अर्ब नोक्सान भएको भन्दै सोहीबराबर बिगो माग गरी मुद्दा दायर भएको थियो। बिगोको तुलनामा न्यून धरौटी माग भएको छ। सो मुद्दामा यती समूहका प्रमुख ल्हाक्पा सोनाम शेर्पा भने फरार छन्। 

सुझावित समाचार