काठमाडौं-भारतको नयाँदिल्लीमा रहेका गृहमन्त्री सुदन गुरुङले आफ्ना समकक्षी भारतीय गृहमन्त्री अमित शाहसँग द्विपक्षीय भेटवार्ता गरेका छन्। भेटवार्तामा दुई देशका साझा सुरक्षा चासोका विषयमा समन्वय र सहकार्य सुदृढ गर्ने विषयमा समेत छलफल भएको गृह मन्त्रालयले जनाएको छ ।
नेपाली उद्योगी तथा व्यवसायीहरूले भारतीय बजारमा पहुँचका सम्बन्धमा भोग्दै आएका प्राविधिक समस्या, विशेषगरी बीआईएस प्रमाणीकरण लगायतका विषय गृहमन्त्री गुरुङले उठाएकोमा भारतीय समकक्षीबाट सकारात्मक प्रतिक्रिया प्राप्त भएको मन्त्रालयले जनाएको छ। छ ।
प्रथम बिमस्टेक गृहमन्त्रीस्तरीय बैठकमा सहभागी हुन गृहमन्त्री गुरुङ भारत गएका हुन्।
बैठकमा उनले आतङ्कवाद, लागुऔषध ओसारपसार, मानव बेचबिखन, सम्पत्ति शुद्धीकरण, अवैध वित्तीय प्रवाह तथा साइबर अपराध नियन्त्रणका लागि सदस्य राष्ट्रहरूबीच सुरक्षित सूचना आदानप्रदान, प्रभावकारी समन्वय र संयुक्त प्रतिकार्यमा जोड दिएका छन् । साथै, जलवायु परिवर्तनका कारण बढ्दो विपद् जोखिमलाई सम्बोधन गर्न ‘बिमस्टेक क्षेत्रीय विपद् पूर्वतयारी तथा प्रतिकार्य रूपरेखा’ निर्माण र संयुक्त कार्यदल गठन गर्ने प्रस्ताव प्रस्तुत गरेको मन्त्रालयले जनाएको छ ।