राष्ट्रपतिले जारी गरे वन र भूमिसम्बन्धी दुई अध्यादेश

मंगलबार, २७ असोज, २०८३
डिजिटल संस्करण

काठमाडौं/ राष्ट्रपति रामचन्द्र पौडेलले वन र भूमिसम्बन्धी दुई अध्यादेश जारी गरेका छन्। मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपतिले मंगलबार दुवै अध्यादेश जारी गरेका हुन्।

वनसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश, २०८३ र भूमिसम्बन्धी केही नेपाल ऐन संशोधन गर्ने अध्यादेश २०८३ जारी भएको राष्ट्रपति कार्यालयले जनाएको छ।

२१ असोजको मन्त्रिपरिषद् बैठकले भूमि, वन र विपतसम्बन्धी ऐन संशोधन गर्ने तीनवटा अध्यादेश जारी गर्न राष्ट्रपतिसमक्ष सिफारिस गरेको थियो। विपतसम्बन्धी अध्यादेश राष्ट्रपतिले २३ असोजमै जारी गरिसकेका छन्।

null

सुझावित समाचार