दोस्रो संस्करणको सिद्धार्थ बैंक नेपाल प्रिमियर लिगअन्तर्गत कर्णाली याक्सविरुद्धको खेलमा पोखरा एभेन्जर्सका एडम रोसिङ्टनले शतक प्रहार गरेका छन्।
त्रिवि रंगशालामा टस हारेर पहिलो ब्याटिङ गरेको पोखराका लागि इंग्लिस ब्याटर रोसिङ्टनले ५८ बलमा १०८ रन जोडे। ओपनर कुशल भुर्तेलपछि क्रिजमा आएका रोसिङ्टनले ११ चौका र सात छक्का हिर्काए।
दोस्रो एनपिएलमा शतक बनाउने उनी दोस्रो खेलाडी हुन्। जारी सिजनमै कर्णालीकै मार्क वाटले लुम्बिनीविरुद्ध ११४ रन तथा पहिलो एनपिएलमा पोखराका आन्द्रेस गौसले लुम्बिनीविरुद्ध १०४ रन बनाएका थिए।