झापाको गौरदह नगरपालिका–९ खजुरबारीमा बिहीबार दिउँसो कृष्णखोलामा डुबेर तीन बालिकाको मृत्यु भएको छ ।
माछा मार्न भनेर खोलामा गएका अञ्जु मगरका दुई छोरी नौ वर्षीया स्वीकृति र सात वर्षीया सुस्मा तथा रोमन (मोते)परियारकाकी ११ वर्षीया छोरी रोश्नीको ज्यान गएको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता प्रहरी नायब उपरीक्षक खगेन्द्र खड्काले बताए ।
प्रहरीका अनुसार चार बालिका खोला पुगेका थिए । तर, सँगै गएकी १० वर्षीया युनिसा राईले तीनजना साथीहरू पानीमा डुबेको अभिभावकलाई जानकारी दिएकी थिइन् ।