आइसिसी मेन्स टी–२० विश्वकप एसिया एण्ड इस्ट–एसिया प्यासिफिक छनोटको पहिलो खेलमा नेपालले कुवेतविरुद्ध टस हारेको छ । अब नेपालले सुरुमा ब्याटिङ गर्ने भएको छ ।
अल अमिरतस्थित ओमान क्रिकेट मैदानमा कुवेतका कप्तान मोहम्मद अस्लामले टस जित्दै पहिले बलिङ गर्ने निर्णय लिएका हुन् ।
यो खेलमा आदिल आलमलाई बेन्चमा राखिएको छ । अहिले दुई खेल निलम्बनमा परेका सन्दीप लामिछाने कम ब्याक गरेका छन्। नेपाल र कुवेतबिचकाे खेल अहिले ८:४५ मा हुँदै छ ।