कुस्तीका सुरेशलाई कांस्य पदक

आइतबार, ११ जेठ, २०८२
डिजिटल संस्करण

नेपालका सुरेश चुनाराले युडब्लुडब्लु एसियन बेल्ट कुस्ती एलिस च्याम्पियनसिपमा कांस्य पदक जितेका छन्।

दिल्लीस्थित तालकटोरा इन्डोर स्टेडियममा आयोजित प्रतियोगिताको ८० केजी पुरुष फ्री स्टाइल सुरेश तेस्रो हुँदा काजकिस्तानका अइबोलोट अमानोभ पहिलो भएका थिए। भारतका कुभेनु पुरो दोस्रो भएका छन्। 

भारतमा भएको प्रतियोगितामा ३ नेपाली खेलाडीको सहभागिता रहेको थियो। पछिल्लो समय सुस्ताएको कुस्तीलाई उकास्ने सवालमा यो सफलताले राष्ट्रिय टोलीका अन्य खेलाडीमा समेत उत्साह थपिएको नेपाल कुस्ती संघका अध्यक्ष प्रकाशकुमार कुसारीले बताए।

उनले यो नेपाली कुस्तीको इतिहासमा ऐतिहासिक उपलब्धिसमेत भएको बताएका छन्। यस प्रदर्शनले नेपाली कुस्तीलाई धेरै प्रेरणा मिलेको टोलीका प्रशिक्षक मुमताज अलि इद्रिसीले बताए।

सुझावित समाचार