जंगलकाे डढेलो गाउँ पस्दा तीन लाख ५० हजारको क्षति

बिहिबार, २२ फागुन, २०८१
डिजिटल संस्करण

उदयपुरको कटारी नगरपालिका– १० तिनाखुस्थित जंगलमा लागेको डढेलोको कारण दुई घर जल्दा तीन लाख ५० हजारको क्षति भएको छ । जिल्ला प्रहरी कार्यालय उदयपुरका सूचना अधिकारी तथा डिएसपी केदारमान दोङका अनुसार जंगलको डढेलोले दुई घरमा क्षति पुर्याउँदा अनुमानित तीन लाख ५० हजारको क्षति भएको हो । 

बुधबार दिउँसो जंगलको डढेलो गाउँ पस्दा  स्थानीय कौडेबहादुर दमाईंको ढुंगामाटोको पर्खाल र खरको छानो भएको एकतले मतान, काठपात, तीनवटा बाख्रा, १३ वटा कुखुरा जलेर नष्ट हुँदा अन्दाजी मूल्य एक लाखको क्षति भएको डिएसपी दोङले जानकारी दिए । 

यसैगरी, अर्का स्थानीय लिलबहादुर सुनुवारको ढुंगामाटोको पर्खाल र खरको छानो एतले मतान, विद्युतको मिटर बक्स, पाँचवटा बाख्राका पाठा, टिभी, भाँडावर्तन, अन्नपात, काठपात, लत्ताकपडालगायतका घरायसी सामान जल्दा अन्दाजी दुई लाख पचास हजारबराबरको क्षति भएको उनको भनाइ छ ।

आगो निभाउने क्रममा पीडित कौडेबहादुर दमाईंको हात र घाँटीमा पोली सामान्य घाइते भएकाले स्वास्थ्य चौकीमा उपचार गरिएको छ । अहिले जंगलमा  लागेको आगो स्थानीय र प्रहरीले पूर्ण रूपमा नियन्त्रणमा लिइएको डिएसपी दोङले बताए । 

See More On

सुझावित समाचार