आइसिसी यू–१९ महिला टी–२० विश्वकप एसिया छनोटको दोस्रो खेलमा नेपालले कुवेतविरुद्ध पहिला ब्याटिङ गर्ने भएको छ।
संयुक्त अरब इमिरेट्स (युएई)को द सेभेन क्रिकेट रंगशालामा जारी आजको खेलमा नेपालले टस जितेर कुवेतविरुद्ध पहिला ब्याटिङ गर्ने निर्णय लिएको हो । बुधबारदेखि सुरु भएको प्रतियोगितामा नेपालले आफ्नो पहिलो खेल थाइल्यान्डसँग खेलेको थियो । बुधबारको खेलमा नेपालले थाइल्यान्डलाई ६७ रनको फराकिलो अन्तरले पराजित गर्दै विजयी सुरुवात गरेको हो ।
कुवेत र युएईबिच भएको पहिलो खेलमा युएईले १०६ रनको अन्तरले कुवेतलाई हराएको थियो। प्रतियोगितामा आयोजक युएईसहित नेपाल, कुवेत र थाइल्यान्ड सहभागी छन् ।
सहभागी चार टोलीमध्ये शीर्ष स्थान हासिल गर्ने टोली विश्वकपमा छनोट हुनेछ । विश्वकप क्रिकेट प्रतियोगिता अर्को वर्ष मलेसियामा आयोजना हुँदै छ ।