जर्जियाका खेलाडीले ८.४ मिलियन युरो पाउने

शुक्रबार, १४ असार, २०८१
डिजिटल संस्करण

डेब्युमै युरोको प्रिक्वार्टरफाइनलमा स्थान बनाएको जर्जियाको टोलीले ८.४ मिलियन युरो पाउने भएको छ ।

बुधबार भएको खेलमा पूर्वविजेता पोर्चुगलमाथि २–० को जित निकाली अन्तिम १६ को स्थान पक्का गरेको जर्जियाका खेलाडीलाई ८.४ मिलियन युरो दिइने घोषणा पूर्वप्रधानमन्त्री बिडजिना इभानिस्भिलीले घोषणा गरेका हुन् ।

जर्जियाले अहिलेसम्म खेलेको सबैभन्दा ठूलो प्रतियोगिता नै युरो हो । 

See More On

सुझावित समाचार