अफगानिस्तानलाई नाै विकेटले हराउँदै दक्षिण अफ्रिका पहिलोपटक टी–२० विश्वकपको फाइनलमा प्रवेश गरेको छ । विश्वकप इतिहासमा दक्षिण अफ्रिका पहिलोपटक फाइनलमा स्थान बनाएको हो । यसअघि टोली दुईपटक सेमिफाइनल पुगेको थियो । यो हारले अफगानिस्तानको यात्रा सेमिफाइनलमै सकिएको छ ।
वेस्ट इन्डिजमा टस जितेर ब्याटिङ गरेको अफगानिस्तान ११.५ ओभरमा अलआउट हुँदा मात्र ५७ रनको लक्ष्य दिएको थियो । अफगानिस्तानले आज टी-२० क्रिकेटको इतिहासमै कम योगफल बनाउन पुग्यो ।
यसअघि टोलीे सन् २०१४ मा बंगलादेशविरुद्ध ७२ मा समेटिएको थियो । प्रत्युत्तरमा दक्षिण अफ्रिकाले ८.५ ओभरमा एक विकेट गुमाउँदै जित निकाल्यो । दक्षिण अफ्रिकाका लागि रिजा हेन्ड्रिकले २९ र कप्तान ऐडन मारक्रमले २३ रन बनाए ।
यसअघि तीव्रगतिका बलरले सानदार प्रदर्शन गरेपछि अफगानिस्तानको इनिङ्समा अजमतुल्लाह ओमार्जाइले मात्रै दश रन बनाए । दश खेलाडीले दोहोरो अंकमा रन छुनै सकेनन् । दक्षिण अफ्रिकाका तीव्रगतिका बलरले सात विकेट लिएका थिए । स्पिनरले तीन विकेट हात पारे ।