कोपा अमेरिका २०२४ : चिलीलाई हराउँदै डिफेन्डिङ च्याम्पियन अर्जेन्टिना नकआउट चरणमा

बुधबार, १२ असार, २०८१
डिजिटल संस्करण

चिलीविरुद्ध संघर्षपूर्ण जित हात पार्दै साबिक विजेता अर्जेन्टिना कोपा अमेरिका २०२४ को नकआउट चरणमा प्रवेश गरेको छ।

अमेरिकाको न्युजर्सीस्थित मेटलाइफ स्टेडियममा नेपाली समयअनुसार आज बिहान भएको खेलमा अर्जेन्टिनाले चिलीलाई १–० गोलले पराजित गर्याे। 

८८औँ मिनेटमा लाउटारो मार्टिनेजले रिबाउन्डमा पाएको अवसर सदुपयोग गर्दै बललाई जाली चुमाएपछि अर्जेन्टिनले संघर्षपूर्ण जित हासिल गर्याे।
 
अर्जेन्टिना कोपा अमेरिका २०२४ मा क्वार्टरफाइनल पुग्ने पहिलो टिम बनेको छ। यसले समूह चरणका दुवै खेलमा स्पष्ट जितसहित ६ अंक आर्जन गरेको छ। अर्जेन्टिनाले अन्तिम खेल पेरूसँग खेल्नेछ।

अर्जेन्टिनाले पहिलो खेलमा क्यानडालाई २–० गोलले पराजित गरेको थियो। क्यानडाले भने आफ्नो दोस्रो खेलमा पेरूलाई पराजित गर्दै महत्त्वपूर्ण तीन अंक हासिल गरेको छ। यो समूहमा क्यानडा दोस्रो स्थानमा छ। चिली र पेरूसँग एक–एक अंक छ।

सुझावित समाचार