सप्तरी प्रिमियर लिग : दीपेशको ह्याट्रिकमा तिरहुत विजयी

बुधबार, २३ जेठ, २०८१
डिजिटल संस्करण

इुवा बलर दीपेश कँडेलले ह्याट्रिकसहित पाँच विकेट लिएपछि मंगलबार छैटौँ सप्तरी प्रिमियर लिगमा तिरहुत टाइगर्सले राजविराज राजदेवी ११ लाई ७७ रनले पराजित गरेको छ । पहिलो ब्याटिङ गरेको तिरहुतले १८ ओभरमा ६ विकेट गुमाएर एक सय ७९ रनको योगफल खडा गरेको थियो । प्रत्युत्तरमा दीपेशको घातक बलिङ सामना गर्न नसक्दा १ सय ८० रनको लक्ष्य पछ्याएको राजविराज १३.५ ओभरमा १ सय २ रनमा समेटिएको थियो । 

तिरहुतको जितमा बायाँहाते स्पिनर दीपेश ह्याट्रिकसहित ५ विकेट लिन चार ओभरमा १६ रन खर्चेका थिए । उनी खेलका म्यान अफ दी म्याच भए । उनले खेलको नवौँ ओभरको पहिलोदेखि चौथो बलसम्म विकेट लिएका थिए । अर्का बायाँहाते स्पिनर बसिर अहमदले तीन विकेट लिए ।

राजविराजका लागि श्रवण यादवले सर्वाधिक ३७ रन तथा हिमांशु दत्ताले १८ रन बनाए । यसअघि तिरहुतका लागि दुई खेलाडीले अर्धशतक बनाएका थिए । ओपनर अमित यादवले ६३ रन जोड्न ४१ बलमा १ चौका र ८ छक्का प्रहार गरे । अभिषेक कार्कीले २७ बलमा २ चौका र ७ छक्का मद्दतले ६१ रन जोडे । राजविराजका रिजन ढकाल, रञ्जित कुमार र श्रवण यादवले समान २ विकेट लिए ।

सुझावित समाचार