छानबिन समिति नबने अवरोध जारी राख्ने कांग्रेस पदाधिकारी बैठकको निर्णय

सोमबार, ३१ बैशाख, २०८१
डिजिटल संस्करण

नेपाली कांग्रेसले सहकारी ठगी प्रकरणमा संसदीय छानबिन समितिको मागलाई यथावत् राखेको छ। सोमबार बसेको कांग्रेस पदाधिकारी बैठकले समिति नबनेसम्म संसद्को अवरोध जारी राख्ने निर्णय गरेको हो।

सभापति शेरबहादुर देउवानिवास बुढानीलकण्ठमा बसेको बैठकले पार्टीको माग पूरा नभएसम्म सरकारको नीति तथा कार्यक्रम प्रस्तुतसमेत गर्न नदिने निष्कर्ष निकालेको छ।

सुझावित समाचार