अवार्डलाई इ–ड्राइभ नेपालको साथ

शुक्रबार, १९ माघ, २०८०
डिजिटल संस्करण

२०औँ एनएसजेएफ पल्सर स्पोर्टस् अवार्डका लागि मोबिलिटी पार्टनरका रूपमा राइड सेयरिङ एप इ–ड्राइभ नेपाल आयोजक नेपाल खेलकुद पत्रकार मञ्चसँग आबद्ध भएको छ । पल्सर स्पोर्टस् अवार्डका लागि इ–ड्राइभ नेपाल र मञ्चबीच सहप्रायोजनसम्बन्धी सम्झौता भएको छ । मञ्चका अध्यक्ष दुर्गानाथ सुवेदी र इ–ड्राइभ नेपालका अध्यक्ष राजेश मास्केले सम्झौतापत्रमा हस्ताक्षर गरेका छन् । इ–ड्राइभका अध्यक्ष मास्केले आगामी दिन यो सहकार्यलाई थप मजबुत बनाउने बताए । मञ्चका अध्यक्ष सुवेदीले स्पोर्टस् अवार्डको दायरा फराकिलो पार्ने क्रममा यस वर्ष फरक–फरक क्षेत्रसँग सहकार्य भएको जनाए । 

नौ विधामा प्रदान गरिने पल्सर स्पोर्टस् अवार्डको पिपल्स च्वाइस विधाको मनोनयन सार्वजनिक भइसकेको छ । पिपल्स च्वाइसमा फुटबलका अनन्त तामाङ, कराँतेका विप्लवलाल श्रेष्ठ, भलिबलकी निरुता ठगुन्ना, टेबलटेनिसकी सिक्का सुवाल श्रेष्ठ र शारीरिक सुगठनकी रजनी श्रेष्ठ मनोनयनमा परेका छन् । ०७९ को अन्य विधामा वर्षका उत्कृष्ट पुरुष, महिला र युवा तथा प्रशिक्षक विधाको मनोनयन पनि छिट्टै सार्वजनिक गरिने मञ्चका अध्यक्ष सुवेदीले बताए । 

पारा एथलिट सम्मान, स्पेसल अवार्ड, लाइफटाइम अचिभमेन्ट अवार्ड र एसियन स्पोर्टस् जर्नालिस्ट अवार्डको घोषणा २८ माघको कार्यक्रमकै दिन घोषणा हुनेछ । यसपटक वर्ष पुरुष, महिला, युवा, प्रशिक्षक र पिपल्स च्वाइस गरी पाँच विजेताले जनही बजाज पल्सर मोटरसाइकल पाउनेछन् । तीमध्ये दुईवटा एन २५० र तीनवटा एन १६० मोटरसाइकल  छन् ।

See More On

सुझावित समाचार