प्रधानमन्त्री कप महिला टी-२० राष्ट्रिय प्रतियोगिताको पहिलो छनोट खेलमा सशस्त्र प्रहरी बलको एपिएफ क्लबले कोशी प्रदेशलाई फाइनलमा पुग्नका लागि एक सय ४० रनको बलियो लक्ष्य दिएको छ।
कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा जारी खेलमा एपिएफका कप्तान सीता रानामगर र इन्दु बर्माको उत्कृष्ट ब्याटिङमा निर्धारित २० ओभरमा दुई विकेटको क्षतिमा एपिएफले एक सय ३९ रन बनायो । उसका लागि इन्दु बर्माले सर्वाधिक ५६ रनको योगदान दिइन्।
उनले ५० बलमा तीन चौका र एक छक्का प्रहार गरिन्। त्यस्तै, सीता रानामगरले ३७ बलमा तीन चौका र दुई छक्कासहित ४५ रनमा रन जोडिन्। रोमा थापाले १८ रन जोड्दा ज्योति पाण्डेले १२ रन बनाइन्।
कोशी प्रदेशका लागि कप्तान रुविना क्षेत्रीले एक विकेट लिइन्। विजेता टोलीले फाइनल खेल्नेछ भने पराजित हुने टोलीले एलिमिनेटरको विजेतासँग दोस्रो क्वालिफायर खेल्नेछ।
तस्बिर : क्यानकाे फेसबुक पेजबाट