जिम्बावेविरुद्ध कुशलले बनाए अर्धशतक, आसिफको साथ कायमै

आइतबार, ३ असार, २०८०
डिजिटल संस्करण
जिम्बावेविरुद्ध कुशलले बनाए अर्धशतक, आसिफको साथ कायमै

तस्बिर : आइसिसी/गेट्टी इमेज

जिम्बावेविरुद्ध ओपनर कुशल भुर्तेलले अर्धशतक पूरा गरेका छन्। आइसिसी एकदिवसीय विश्वकप क्रिकेटको ग्लोबल छनोटअन्तर्गत अहिले नेपाल पहिलो खेलमा जिम्बावेविरुद्ध खेलिरहेको छ। 

निकै महत्वपूर्ण खेलमा कुशलले ६४ बलमा आठ चौकाको सहयोगमा ५० रन पूरा गरेका हुन्। एकदिवसीय क्रिकेटमा यो उनको छैटौँ अर्धशतक हो। 

उनलाई आसिफले एक चौकाको सहयोगमा ५७ बलमा २९ रन बनाएर साथ दिइरहेका छन्।  

ताजा अवस्थामा नेपालले २१ ओभरमा ८४ रन बनाएको छ। गृहमैदान हरारेमा जिम्बावेले टस जितेर पहिले बलिङ रोजेपछि नेपालले ब्याटिङ गरिरहेको हो। 

यी दुईले १२औँ ओभरमा नेपालका लागि ५० रन पूरा गराएका थिए। घरेलु मैदानमा लगातार उत्कृष्ट प्रदर्शन गर्दै ग्लोबल छनोटमा स्थान बनाएको नेपाल उही प्रदर्शनलाई निरन्तरता दिने लक्ष्यमा छ।

सुझावित समाचार