आजको विश्वमा भएका कुनै पनि राष्ट्रले गर्ने प्राविधिक आविष्कार जस्तै– एआई, अटोमेसन, क्वान्टम टेक्नोलोजी, स्पेस टेक्नोलोजी, रोबोटिक्स आदिले त्यस राज्यलाई असाधारण फाइदा पुर्याउने भएकाले विश्वव्यापी शक्ति प्रतिस्पर्धामा प्रविधिको नयाँ आयाम थपिएको छ । यी क्षेत्रमा लगानी गरिरहेका मुलुक चीन र अमेरिकाका प्रमुख प्रतिद्वन्द्वीका रूपमा अगाडि आएका छन् ।
चीनले प्रविधिमा विश्वलाई उछिन्न नवीन प्रविधिको उपयोग गर्दै राजनीतिक, आर्थिक, सैन्य र व्यावसायिक अवसरको फाइदा उठाउने लक्ष्य राखेको छ । चीनको रणनीति राज्यको स्वामित्वमा रहेका उद्यमका लागि समर्थन बढाउने, अनुसन्धान र विकास गतिविधिलाई प्राथमिकता दिने, उच्च–प्रविधि औद्योगीकरण सुनिश्चित गर्ने र नयाँ अनुसन्धान एवं आविष्कारलाई प्रोत्साहन गर्ने रहेको छ ।
चीनको प्राविधिक व्यावहारिकता : सन् २००६ को प्रारम्भमा चीन सरकारले विज्ञान र प्रविधि विकासका लागि ‘राष्ट्रिय स्तर’ र ‘दीर्घकालीन योजना (२००६–२०२०)’ अन्तर्गत नवीन प्रविधिलाई रणनीतिक विकल्पका रूपमा अघि सार्ने घोषणा गरेको थियो । चीनले पाँचवर्षे विकास योजनाअनुरूप डिजिटल प्रविधि र अटोमेसनको प्रयोगलाई लोकप्रिय बनाएको छ । विज्ञान तथा प्रविधि मन्त्रालयको समन्वयमा सन् २००९ मा सुरु भएको ९७३ कार्यक्रमअन्तर्गत चीनले क्वान्टम टेक्नोलोजी, स्पेस तथा सेटेलाइट प्रविधि, साइबर क्षमता, आर्टिफिसियल इन्टेलिजेन्स, क्लाउड कम्प्युटिङ, अटोमेसन र रोबोटिक्स प्रणालीलगायत कार्यक्रमलाई प्रोत्साहन गरेको छ ।
सन् २०१५ मा ‘मेड इन चाइना २०२५’ र इन्टरनेटसहितको योजना घोषणा गर्दा आफ्नो प्राविधिक लक्ष्य प्राप्त गर्ने भन्दै चीनले विशेषगरी एआई, क्वान्टम टेक्नोलोजी र बिग डाटाका क्षेत्रमा लगानी केन्द्रित गरेको छ । प्राविधिक विकासले चीनलाई आर्थिक अवसर प्राप्त भए पनि उच्च–प्रविधि उद्योगको विकास र साझेदारी बढाउने चुनौती बाँकी नै छन् । विश्वव्यापी बजारमा अमेरिकी कम्पनीसँग प्रतिस्पर्धा गर्न, चिनियाँ नीति–निर्माता चीनको क्षमता बढाउन अलिबाबा, हुवावे, टेनसेन्ट, बैदु र साओमीजस्ता कम्पनीको क्षमता वृद्धि गर्न प्रयासरत छन् ।
नवीन प्रविधिका क्षेत्रमा चीनको लगानीको अर्को उद्देश्य सैन्य क्षेत्रसँग सम्बन्धित छ । राष्ट्रपति सी जिनपिङको नेतृत्वमा चीनले नागरिक–सैन्य समन्वयन नीतिको एक भागका रूपमा पिपुल्स लिबरेसन आर्मी (पिएलए) लाई अन्तरिक्ष, साइबर युद्ध र इलेक्ट्रोनिक युद्धलगायत क्षेत्रमा सुदृढ पार्नु हो ।
सेना पुनर्संरचनाको लक्ष्यसँगै सरकारी स्वामित्वका कम्पनी, निजी प्राविधिक कम्पनी, विश्वविद्यालय र अनुसन्धान केन्द्रलाई सेनाको साझेदारका रूपमा अघि बढाउने लक्ष्य राखिएको छ । जसका कारण क्वान्टम टेक्नोलोजी, साइबर क्यापाबिलिटी, स्पेस टेक्नोलोजी, अटोमेसन, रोबोट र एआई चीनको नागरिक–सैन्य एकीकरण रणनीतिको आधारभूत अंग बनेको छ । सन् २०१७ मा एकीकृत सैन्य र नागरिक विकास केन्द्र स्थापना गरेको चीनले आवश्यकता निर्धारण र आपूर्ति गर्न सो केन्द्रलाई अधिकार दिएको छ ।
आफ्नो सैन्य क्षमता बढाउन सन् २०१६ मा क्वान्टम स्याटेलाइटलाई अन्तरिक्षमा पठाएको चीनले आफ्नो खुफिया, निगरानी र जासुसी क्षमतामा सुधार गर्दै विश्वव्यापी प्रतिद्वन्द्वीभन्दा अगाडि आउने नीति लिएको छ । त्यसैगरी चीनको ३६० इन्टरप्राइज सेक्युरिटी गु्रप (देशको पहिलो नागरिक–सैन्य साइबर सुरक्षा केन्द्र) ले साइबर प्रतिरक्षा प्रणाली सिर्जना गर्न थालेको छ ।
नवीन प्रविधिको छायामा विश्वव्यापी प्रतिस्पर्धा : वासिंटनका लागि चीनको बढ्दो प्राविधिक क्षमता बेइजिङसँगको द्विपक्षीय सम्बन्धको मुख्य मुद्दा बनेको छ । आर्थिक, सैन्य र प्राविधिक क्षेत्रमा वासिंटनको विश्वव्यापी नेतृत्व कायम राख्न अमेरिकी इच्छालाई ध्यानमा राख्दै, बेइजिङको नागरिक–सैन्य समन्वय र प्रविधिको दोहोरो–प्रयोग अमेरिकाका लागि चुनौती बनेका छन् । तसर्थ, सन् २०१० को दशकमा ओबामा प्रशासनको नेतृत्वमा वासिंटनले चीनको तीव्र आर्थिक वृद्धिलाई सीमित गर्ने रणनीति अवलम्बन गर्यो ।
चीनले प्रविधिमा विश्वलाई उछिन्न नवीन प्रविधिको उपयोग गर्दै राजनीतिक, आर्थिक, सैन्य र व्यावसायिक अवसरको फाइदा उठाउने लक्ष्य राखेको छ
राष्ट्रपतिमा डोनाल्ड ट्रम्प निर्वाचित भएपछि उनले चीनविरुद्ध आर्थिक र प्राविधिक प्रतिबन्धको आक्रामक नीति अपनाए । अमेरिकी नीतिका कारण हुवावेलगायत अन्य चिनियाँ कम्पनीलाई ठूलो आर्थिक नोक्सानी पुगेको थियो÷छ । चीनसँग लड्ने वासिटनको यो नीति हालका राष्ट्रपति जो बाइडेनको नेतृत्वमा पनि जारी छ । यद्यपि बाइडेनको शैली यसअघिका राष्ट्रपतिभन्दा भिन्न छ ।
यति हुँदाहुँदै पनि वासिंटनको चीन–नीति अझै स्पष्ट छैन । यद्यपि, अमेरिकी नीतिका चार महŒवपूर्ण आधार निम्न छन् ः अमेरिकाको प्राविधिक, आर्थिक र सैन्य नेतृत्व कायम राख्ने, आफ्ना सहयोगीसँगको सहकार्यलाई गहिरो बनाएर प्रविधि बजारमा चीनको प्रभाव सीमित गर्ने, वैकल्पिक प्रविधि उत्पादन गर्ने र आफ्ना प्रतिद्वन्द्वीविरुद्ध प्राविधिक–राजनीतिक संरचना निर्माण गर्ने ।
उदाहरणका लागि, चीनको प्राविधिक क्षेत्रको विकासलाई नेटोले नजिकबाट नियाल्नु पश्चिमी देशबीच बढ्दो चिन्ताको सूचक हो । परिणामतः पश्चिमी कम्पनी चीनसँगको सहकार्यलाई सीमित गर्न लागिपरेका छन् । यद्यपि आजको संसारमा प्रतिस्पर्धाको अवस्था र क्षेत्रहरू केवल सुरक्षा क्षेत्रमा मात्रै आधारित छैनन् । हालको विश्वव्यापी व्यवस्थाका संस्था र सरोकारवालाले चीनसँग नजिकबाट अन्तर्क्रिया गर्छन् । अर्को शब्दमा भन्नुपर्दा आजको प्रतिस्पर्धात्मक वातावरणमा दुई ध्रुवीय संरचना छैन । अमेरिका र यसका सहयोगीलगायत सरोकारवाला चीनसँग विभिन्न क्षेत्रमा अन्तत्र्रिmया गर्नुपर्छ, जसका कारण चीनविरोधी अभियान जटिल बन्न सक्छ ।
यसबाहेक, प्राविधिक प्रतिस्पर्धा भौतिक वा भूराजनीतिक स्थानमा मात्र सीमित छैन । सूचना र तथ्यांक आधारित क्षेत्र समावेश गर्न प्रतिस्पर्धात्मक वातावरण राज्यहरू, संस्थाहरू, कम्पनीहरू र अन्य सरोकारवालामा मात्रै सीमित छैन । डिजिटल स्पेसमा हुने यस्ता प्रतिस्पर्धा कुनै राज्य, सरकार वा अन्य सरोकारवालाबीच रहँदैन । यही कारणले गर्दा आजको समयमा भइरहेको प्रतिस्पर्धात्मक वातावरणको छलफल थप आवश्यक छ ।
(ओज्कान साकार्य विश्वविद्यालयका पिएचडीका विद्यार्थी हुन्) द नेसनल इन्टरेस्टबाट