मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्व१७औँ वार्षिकोत्सव विशेषांकफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७९ कार्तिक २८ सोमबार
  • Thursday, 19 December, 2024
नयाँ पत्रिका काठमाडौं
२o७९ कार्तिक २८ सोमबार १o:५९:oo
Read Time : < 1 मिनेट
अर्थ प्रिन्ट संस्करण

नयाँ फोर्ड रेन्जर र्‍यापटर नेपाल भित्रियो

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o७९ कार्तिक २८ सोमबार १o:५९:oo

फोर्ड रेन्जर र्‍यापटरको नयाँ संस्करण नेक्स्ट–जेन रेन्जर र्‍यापटर नेपाली बजारमा आएको छ । फोर्ड पर्फमेन्सको अवधारणाअनुरूप डिजाइन तथा इन्जिनियर गरिएको नेक्स्ट–जेन रेन्जर र्‍यापटर विभिन्न स्मार्ट प्रविधिका साथ नयाँ पुस्ताका हार्डवेयरका साथमा आएको हो । 

यसले अफ–रोड गाडीहरूको श्रेणीमा नयाँ आयाम थपेको कम्पनीले जनाएको छ । अफ–रोडलाई लक्षित गरी विभिन्न नयाँ सुविधा तथा प्रविधि जडान गरिएको कम्पनीको भनाइ छ । यसमा नयाँ ट्विन–टर्बो ३.० लिटर इकोबुस्ट भि६ पेट्रोल इन्जिन रहेको छ । यसले ५६५० आरपिएममा ३९७ पिएस पावर प्रदान गर्ने र ३५०० आरपिएममा ५८३ एनएम टर्क उत्पादन गर्ने जनाइएको छ । फोर्ड पर्फमेन्स मापदण्डअनुरूप गरिएको १०–स्पिड अटोमेटिक ट्रान्समिसन भएको नेक्स्ट–जेन रेन्जर र्‍यापटरको नयाँ इन्जिनले सहजै रूपमा ग्राभेल, माटो, हिलो बालुवामा चलाउन मद्दत गर्ने कम्पनीको दाबी छ । 

यो गाडीमा चालकले इलेक्ट्रोनिक रूपमा नियन्त्रित सक्रिय एक्जस्ट सिस्टमले आफ्नो र्‍यापटरको आवाज चार एक्जस्ट मोडमध्ये चयन गर्न सक्ने जनाइएको छ । जसमा क्वाइट, नर्मल, स्पोर्ट र बाजा रहेको उल्लेख छ । बालुवामा वा मरुभूमिमा डेजर्ट–रनिङ पावर दिनका लागि बाजा मोडमा उपलब्ध नेक्स्ट–जेन रेन्जर र्‍यापटरको एन्टी–ल्याग प्रणालीले थ्रोटलबाट बाहिर निस्कँदा पनि तीन सेकेन्डसम्म टर्बो स्पिनिङ कायम रहने जनाइएको छ । 

यो गाडीमा सात ड्राइभ मोड रहेका छन् । अन रोडमा नर्मल, स्पोर्ट र सिल्परी तथा अफ–रोडका लागि रक क्रल, स्यान्ड, मड एन्ड रट्स र बाजा मोड रहेको उल्लेख छ । एब्सोल्युट ब्ल्याक, आर्टिक ह्वाइट, कोड अरेन्ज र कन्कर ग्रेसहित चार रङमा उपलब्ध रहेको ३.० लि. भि६ पेट्रोल र १०–स्पिड अटोमेटिक नेक्स्ट–जेन रेन्जर र्‍यापटरको मूल्य दुई करोड १५ लाख रुपैयाँ तोकिएको छ ।