१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७९ कार्तिक २६ शनिबार
  • Friday, 20 September, 2024
नयाँ पत्रिका जनकपुरधाम
२o७९ कार्तिक २६ शनिबार १९:o२:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

धनुषामा मदिरा बिक्री वितरणमा रोक 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, जनकपुरधाम
नयाँ पत्रिका
२o७९ कार्तिक २६ शनिबार १९:o२:oo

प्रतिनिधिसभा र प्रदेश सभाको निर्वाचनलाई लक्षित गरी धनुषा जिल्लाभरि शनिबारदेखि मदिरा बिक्री वितरणमा प्रतिबन्ध लगाइएको छ। जिल्ला प्रशासन कार्यालय धनुषाले गत शुक्रबार सूचना जारी गर्दै शनिबारदेखि जिल्लाभर मदिरा बिक्री वितरणमा प्रतिबन्ध लगाइएको जानकारी गराएको हो। 

जिल्लाका सहायक प्रमुख जिल्ला अधिकारी अनुज भण्डारीले प्रतिनिधिसभा तथा प्रदेश सभा सदस्य निर्वाचनलाई स्वच्छ, निष्पक्ष, सुरक्षित तथा भयरहित वातावरणमा सम्पन्न गर्न यस्तो सूचना जारी गरिएको बताए। 

निर्वाचन सुरक्षा (व्यवस्थापन) निर्देशिका, २०७८ को दफा ६ (थ) मा भएको व्यवस्था, सर्वदलीय–सर्वपक्षीय, समन्वय बैठकबाट भएको निर्णय तथा जिल्ला सुरक्षा समितिको सिफारिसबमोजिम स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६ अनुसार शनिबारदेखि निर्वाचनसम्बन्धी कार्य सम्पन्न नहुन्जेलसम्म जिल्लाभर मादक पदार्थ ओसारपसार, बिक्री वितरण र सेवन गर्न निषेधित गरिएको सूचनामा उल्लेख छ।