१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७९ कार्तिक २५ शुक्रबार
  • Tuesday, 08 July, 2025
२o७९ कार्तिक २५ शुक्रबार १५:४६:oo
Read Time : < 1 मिनेट
विश्व

गान्धी हत्याका ६ दोषीलाई रिहा गर्न सर्वोच्चकाे आदेश

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o७९ कार्तिक २५ शुक्रबार १५:४६:oo

भारतका पूर्वप्रधानमन्त्री राजीव गान्धीको हत्यामा संलग्न भई आजीवन कारावासको सजाय भोगिरहेका ६ जनालाई रिहा गर्न सर्वोच्च अदालतले आदेश दिएको छ। 

नलिनी श्रीहरन र आरपी रविचन्द्रनसहित ६ जनालाई रिहा गर्न सर्वोच्चले आज आदेश दिएको हो। अदालतले गान्धीको हत्याका दोषी लामो समयदेखि कारागारमा रहेका तथा उनीहरूको असल आचरणलाई दृष्टिगत गरी थुनामुक्त गर्न आदेश दिएको जनाएको छ। 

‘नलिनी तीन दशकभन्दा बढी समयदेखि जेलमा छिन्। उनको आचारण पनि सन्तोषजनक छ, उनीसँग कम्प्युटर एप्लिकेसनमा पोस्ट ग्य्राजुएट डिप्लोमा छ । रविचन्द्रनको पनि आचारण सन्तोषजनक रहेको पाइएको छ, उनले पनि कला संकायमा पोस्ट ग्य्राजुएट गरेका छन्,’ सर्वोच्च अदालतले भनेको छ। 

तमिलनाडु सरकारले पनि उनीहरूको आजीवन कारावासको सजाय माफ गर्दै रिहाइका लागि सिफारिस गरेको थियो। 

संविधानको धारा १६१ अन्तर्गत प्राप्त अधिकारको प्रयोग गर्दै उनीहरूको रिहाइका लागि राज्यपालसमक्ष सिफारिस गरिएको थियो। गान्धीको हत्यामा संलग्न एकजनालाई तमिलनाडु सरकारले गरेको सिफारिसका आधारमा रिहा गरिएपछि नलिनीलगायतले सर्वोच्च अदालतको ढोका ढकढक्याएका थिए। 

सन् १९९१ को मे महिनामा तमिलनाडु राज्यको श्रीपेरुम्बुदुरमा भएको चुनावी र्‍यालीमा धनु भनेर चिनिने एक महिलाले आत्मघाती बम आक्रमण गरेर राजीव गान्धीको हत्या गरेकी थिइन्।