१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २३ आइतबार
  • Sunday, 05 May, 2024
२o८१ बैशाख २३ आइतबार १६:o८:oo
Read Time : < 1 मिनेट
ad
ad
समाचार डिजिटल संस्करण

कालिकाेटमा जिप दुर्घटना हुँदा तीनजनाको मृत्यु, सात घाइते

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ बैशाख २३ आइतबार १६:o८:oo

कर्णाली राजमार्गअन्तर्गत कालिकोटको तिलागुफा– ५ खल्लागाडनजिकै यात्रुवाहक जिप दुर्घटना हुँदा तीनजनाको मृत्यु भएको छ। अन्य सातजना घाइते भएका छन्।

मुगुबाट सुर्खेततर्फ जाँदै गरेको भे.१च ४४१२ नम्बरको यात्रुवाहक जिप खल्लागाड पुलनजिकै दुर्घटनाग्रस्त हुँदा मुगु गमगढीका २१ वर्षीय अक्कल विश्वकर्मा, २१ वर्षकै रमेश बुढा र २५ वर्षीय सुदर्शन सेजुवालको मृत्यु भएको कालिकोटका प्रहरी प्रमुख जयश्वर रिमालले बताए।

घाइतेहरूको जुम्लास्थित कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय जुम्लाका प्रहरी प्रमुख नरेन्द्र चन्दले जानकारी दिए। अक्कलको घटनास्थलमै मृत्यु भएको हो भने अन्य दुईजनालाई उपचारका लागि लैजाने क्रममा बाटोमा मृत्यु भएको हो।

घाइते हुनेमा हुम्लाका २२ वर्षीया केशरी शाही र २४ वर्षीय उज्ज्वल सिंह, मुगुका १७ वर्षीय धीरज बुढा, १६ वर्षीय गोपीचन्द्र बुढा, ३१ वर्षीय सन्तोष शाही  र चालक ३५ वर्षीय प्रेमसिंह बडुवाल छन् भने एकजनाको नाम खुल्न सकेको छैन।

जिप दुर्घटनाको कारण यकिन हुन नसके पनि तीव्र गतिका कारण अनियन्त्रित भई दुर्घटना भएको हुन सक्ने प्रहरीको अनुमान छ।
 

ad
ad