१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १४ शुक्रबार
  • Friday, 26 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०७९ कार्तिक २० आइतबार १३:१६:००
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

लागुपदार्थ सेवन गरी सवारीसाधन चलाउने चार पक्राउ

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७९ कार्तिक २० आइतबार १३:१६:००

प्रहरीले लागुपदार्थ सेवन (लापसे) गरी सावरीसाधन चलाउने चारजनालाई भक्तपुरको जगातीबाट पक्राउ गरेको छ। आइतबार बिहान भएको विशेष चेकजाँचका क्रममा प्रहरीले उनीहरूलाई पक्राउ गरेको हो।

पक्राउ परेका सेवनकर्ताको विवरण भने प्रहरीले सार्वजनिक गरेको छैन। काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार पक्राउ पर्ने बा.४ ख १९ ५६, बा.२४ प ११ ४६, बा.७६ प ५३ ८६ र प्रदेश ३–०२–००६ प ८२६ नम्बरको सवारीसाधनका चालक रहेका छन्।

उनीहरूलाई नियन्त्रणमा लिएर अनुसन्धान भइरहेको ट्राफिक प्रहरी कार्यालयका एसएसपी राजेन्द्रप्रसाद भट्टले जानकारी दिए। ट्राफिक प्रहरीले प्राविधिकको सहयोगमा टिएचसी विधिबाट लापसे चेक गर्दै आएको छ। चेकजाँचमा कार्यालयसहित लागुऔषध नियन्त्रण ब्युरो, नेपाल प्रहरी अस्पताल र प्रहरी वृत्त जगातीको संयुक्त टोली सहभागी थियो।

चेकजाँचका क्रममा मादक पदार्थ सेवन गरी सवारीसाधन चलाउने दुई चालकलाई समेत पक्राउ गरेको प्रहरीले जनाएको छ।