१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २२ शनिबार
  • Saturday, 04 May, 2024
२o८१ बैशाख २२ शनिबार o८:३३:oo
Read Time : < 1 मिनेट
ad
ad
समाचार डिजिटल संस्करण

बालबालिकाको कानको मुन्द्रा लुटेको आरोपमा दुईजना पक्राउ

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ बैशाख २२ शनिबार o८:३३:oo

काभ्रेको बनेपा नगरपालिकाभित्रका विभिन्न स्थानमा बालबालिकाको कानको मुन्द्रा लुटेको आरोपमा दुईजनालाई प्रहरीले पक्राउ गरेको छ। बालबालिकालाई ललाइफकाई गरी एकान्त स्थानमा लगी बच्चाहरूले कानमा लगाएको मुन्द्रा चोरी गरेको आरोपमा पक्राउ परेको हो । 

जिल्ला प्रहरी कार्यालय काभ्रेका सूचना अधिकारी तथा प्रहरी नायब उपरीक्षक राजकुमार श्रेष्ठका अनुसार बालबालिकाको मुन्द्र चोरी भयो भन्ने सूचना आएपछि विभिन्न स्थानमा सादा पोसाकका प्रहरी खटाएर दुईजनालाई पक्राउ गरेको हो । घटनास्थल वरपरको सिसिक्यामेरको सहयोगमा बनेपा नगरपालिका– ७ का ५७ वर्षीय कुसुम शाक्य बुद्धाचार्य र बेथानचोक गाउँपालिका– ४ का २१ वर्षीय सुनील नगरकोटीलाई पक्राउ गरेको प्रहरीले जानकारी दिएकाे छ । उनीहरूलाई बनेपा–८ बाट पक्राउ गरेको प्रहरीले जनाएको छ ।

 शाक्य र नगरकोटीलाई पक्राउपछि सोधपुछ गर्दा मुन्द्रा चोरी गरेको स्वीकार गरेको प्रहरीले जानकारी दिएका छन् । लुटेको सुन बनेपा नगरपालिका– ७ मा रहेको न्यु सुनचाँदी ज्वेलर्समा बेच्ने गरेको उनीहरूले बताएको प्रहरीले जनाएकाे छ । प्रहरी कार्यालयमा हालसम्म पाँचजना पीडितले जाहेरी दिएको र अन्यको पनि सुन हराएको भए प्रहरीमा जाहेरी दिन जिल्ला प्रहरी कार्यालयले अनुरोध गरेको छ ।  उनीहरूलाई जिल्ला अदालत काभ्रेबाट पाँच दिनको म्याद थप गरी अनुसन्धान गरिरहेको प्रहरी नायब उपरीक्षक श्रेष्ठले बताए ।
 

ad
ad