१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २२ शनिबार
  • Saturday, 04 May, 2024
२o८१ बैशाख २२ शनिबार १९:५६:oo
Read Time : < 1 मिनेट
ad
ad
समाचार डिजिटल संस्करण

दुर्लभ वन्यजन्तु नाउर र झारलको मासुसहित एक पक्राउ

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ बैशाख २२ शनिबार १९:५६:oo

दुर्लभ वन्यजन्तु नाउर र झारलको मासुसहित प्रहरीले पोखराबाट एकजनालाई पक्राउ गरेको छ।

पक्राउ पर्नेमा काठमाडौंको गोकर्णेश्वर नगरपालिका–८ बस्ने ६९ वर्षीय बोरबहादुर लामा रहेकाे जिल्ला प्रहरी कार्यालय कास्कीका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक वसन्तकुमार शर्माले जानकारी दिए।

वडा प्रहरी कार्यालय गगनगौँडा कास्कीबाट खटिएको प्रहरी टोलीले पोखरा– ३० पावरहाउसनजिक सवारीसाधन चेकजाँच गर्ने क्रममा लामाको साथबाट दुर्लभ वन्यजन्तु नाउर र झारलको जस्तो देखिने १० किलो मासु र हड्डी बरामद गरेको थियो।

पक्राउ परेका लामालाई थप अनुसन्धानको लागि वन कार्यालयमा पठाइएको शर्माले जानकारी दिए।

ad
ad