१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २४ सोमबार
  • Monday, 06 May, 2024
२o८१ बैशाख २४ सोमबार o८:५८:oo
Read Time : < 1 मिनेट
ad
ad
समाचार डिजिटल संस्करण

ब्राउनसुगरसहित दुई युवक पक्राउ

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ बैशाख २४ सोमबार o८:५८:oo

प्रहरीले सिराहाको पश्चिमवर्ती कर्जन्हा नगरपालिका– ३ बन्दीपुरे होटेलमा कोठा लिएर बसिरहेका दुई युवकलाई कडा खालको मानिने प्रतिबन्धित लागुऔषध ब्राउनसुगरसहित पक्राउ गरेको छ । 

कर्जन्हा नगरपालिका– ३ जनकचोकस्थित बन्दीपुरे होटेलमा केही दिनदेखि कोठा भाडामा लिएर बसिरहेका सिराहाको विष्णुपुर गाउँपालिका– ३ का करिब २६ वर्षीय विनेकुमार यादव र मिर्चैया नगरपालिका– ३ का करिब २८ वर्षीय मनीषप्रसाद यादवलाई ४.९ ग्राम ब्राउनसुगरसहित पक्राउ गरिएको हो ।

जिल्ला प्रहरी कार्यालय सिराहाका अनुसार होटेलको कोठामा बसेर लागुऔषध कारोबार गरिरहेको गोप्य सूचनाको आधारमा सोमबार राति लागुऔषध नियन्त्रण ब्युरो कोटेश्वर शाखा कार्यालय धनुषा र इलाका प्रहरी कार्यालय बन्दीपुरबाट खटिएको संयुक्त प्रहरी टोलीले दुईजनालाई पक्राउ गरेको हो । 

प्रहरी टोलीले चेकजाँच गर्ने क्रममा कोठा खानतलासी गर्दा मनीषको साथबाट लागुऔषध ब्राउनसुगरजस्तो देखिने लसिलो पदार्थ बरामद भएपछि तत्काल दुवैजनालाई स.११प २९१३ नम्बरको मोटरसाइकलसहित पक्राउ गरी मिर्चैया प्रहरीमा राखेर थप अनुसन्धान कार्य भइरहेको सिराहा प्रहरीका प्रहरी निरीक्षक उदयभान द्विवेदीले जानकारी दिए । 
 

ad
ad