बाजुराका ४३ मतदान केन्द्र अति संवेदनशीलको सूचीमा परेका छन्। बाजुराका सहायक प्रमुख जिल्ला अधिकारी लोकेन्द्र विष्टका अनुसार जिल्लाका ४३ मतदान केन्द्र अति समवेदनशील र २३ मतदानस्थल संवेदनशील रहेका छन्।
जिल्लाका चार मतदानस्थल मात्रै सामान्य अवस्थाका छन्। प्रतिनिधिसभाका एक र प्रदेश सभाका दुई सदस्यको निर्वाचन हुने बाजुरामा ७० मतदानस्थलमा एक सय १२ मतदान केन्द्र कायम भएका छन्।
अति संवेदनशील केन्द्रमा सुरक्षा व्यवस्थापन कडाइ गरेको सहायक प्रमुख जिल्ला अधिकारी विष्टले बताए। बाजुरामा ४० हजार पाँच सय ३७ महिला, ४२ हजार एक सय ५१ पुरुष र अन्य दुई गरी कुल ८२ हजार आठ सय ९० मतदाता रहेका छन्।