मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्व१७औँ वार्षिकोत्सव विशेषांकफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७९ कार्तिक १६ बुधबार
  • Friday, 20 December, 2024
२o७९ कार्तिक १६ बुधबार १९:२३:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

चुनावी प्रचारमा भारतीय नम्बर प्लेटका गाडी अत्यधिक प्रयोग

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o७९ कार्तिक १६ बुधबार १९:२३:oo

मंसिर ४ गते हुने निर्वाचनको मिति नजिकिँदै जाँदा रौतहटका चोक बजारमा भारतीय नम्बर प्लेटका साना गाडीको अत्यधिक प्रयोग भएको पाइएको छ। संघ तथा प्रदेश सभा सदस्यमा उम्मेदवारी दिएका उम्मेदवारहरूले आफ्नो निर्वाचनको प्रचारमा लागि भारतीय नम्बर प्लेटका गाडी प्रयोगमा ल्याएका हुन्।

नेपाली नम्बर प्लेटका गाडीको तुलनामा भारतीय नम्बर प्लेटका गाडी सस्तोमा पाइने भएका कारण चुनावी प्रचारमा उम्मेदवारको रोजाइमा भारतीय नम्बर प्लेटका गाडी परेका छन्। भारतसँग सीमा जोडिएको रौतहट जिल्लामा हरेक निर्वाचनमा भारतीय गाडीकै लावा लस्कर लाग्ने गरेका छन्। जिल्लाका अधिकांश स्थानीयले समेत भारतीय नम्बर प्लेटका गाडी घरमा राख्ने गरेका छन्।

पार्टीको झन्डा हालेर गाडी कुदाउँदा ट्राफिक प्रहरीले चेकिङसमेत नगर्ने र भाडासमेत सस्तो पर्ने भएका कारण आफूले भारतीय नम्बरको गाडी प्रयोगमा ल्याएको एकजना प्रदेश सभा सदस्यका उम्मेदवारले बताए।   

रौतहट क्षेत्र नं. ४ बाट राष्ट्रिय प्रजातन्त्र पार्टीका तर्फबाट प्रतिनिधिसभा उम्मेदवार रहेका बहादुर यादवले नेपाली नम्बर प्लेटको गाडीको तुलनामा भारतीय नम्बर प्लेटका गाडी सस्तोमा पाइने भएकाले आफूले भारतीय नम्बर प्लेटको गाडी प्रयोग गरेको बताए। 

जिल्ला निर्वाचन कार्यालय रौतहटका एक कर्मचारीले अहिलेसम्म आफूहरूले सवारी पास नदिएको र निर्देशिकामा पनि नदिन भनिएको बताए। भारतीय नम्बर प्लेटका सवारी चलाइएको विषयमा आफूहरूलाई कुनै जानकारी नभएको उनले बताए।