मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्व१७औँ वार्षिकोत्सव विशेषांकफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ पौष ५ शुक्रबार
  • Friday, 20 December, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ पौष ५ शुक्रबार १६:o१:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

पाँच महिनामा महानगरले गर्‍याे ३७ किलोमिटर सडक कालोपत्रे

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ पौष ५ शुक्रबार १६:o१:oo

काठमाडौं महानगरपालिकाले चालू आर्थिक वर्षको पाँच महिनामा ४३ वटा पूर्वाधार निर्माणसम्बन्धी योजना सम्पन्न गरेको छ। यसबाट ३७.३० किलोमिटर सडक कालोपत्रे भएको महानगरले जनाएको छ।

नियमित सडक मर्मत कार्यक्रमअन्तर्गत ८.४० किलोमिटर, पूर्वाधार एम्बुलेन्स कार्यक्रमअन्तर्गत १०.२० किलोमिटर, धुलोरहित सडक कार्यक्रमअन्तर्गत ९.४० किलोमिटर र क्रमागत कार्यक्रमबाट ९.३० किलोमिटर सडक निर्माण गरिएको हो।

महानगरपालिकाकी उपप्रमुख सुनिता डंगोलको अध्यक्षतामा शुक्रबार बसेको बजेट तर्जुमा समितिको बैठकमा सार्वजनिक निर्माण विभागका प्रमुख सुरज शाक्यले अहिलेसम्मको प्रगतिका विषयमा जानकारी गराउने क्रममा यस्तो बताएका हुन्।

सडक कालोपत्रे कार्यसँगै ५.८० किलोमिटर सडक ढलान गरिएको छ। १.१६ किलोमिटर ढल राख्ने, ६.४७ किलोमिटर सडकमा ब्लक छाप्ने र दुई हजार ७० वर्गकिलोमिटर सडकमा ब्लक छाप्ने काम सम्पन्न भएको छ।

यस अवधिमा करिब ८८ करोड रुपैयाँको काम सम्पन्न भएको र ५० करोड रुपैयाँ भुक्तानी दिन बाँकी रहेको विभागले जनाएको छ।