Skip This
फेसबुक फोटोको आधारमा रुपन्देही दुर्घटनाका चालक र गाडी प्रहरी नियन्त्रणमा
१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७९ कार्तिक १५ मंगलबार
  • Friday, 26 July, 2024
२o७९ कार्तिक १५ मंगलबार १६:१८:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

फेसबुक फोटोको आधारमा रुपन्देही दुर्घटनाका चालक र गाडी प्रहरी नियन्त्रणमा

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o७९ कार्तिक १५ मंगलबार १६:१८:oo

रुपन्देहीमा सोमबार बिहान शिशुसहित तीनजनाको ज्यान जाने गरी भएको दुर्घटनामा संलग्न चालक र गाडीलाई रुपन्देही प्रहरीले नियन्त्रणमा लिएको छ। घटनास्थलमा भेटिएको गाडीको पार्ट र चालकले फेसबुकमा हालेको तस्बिरका आधारमा प्रहरीले उनलाई पक्राउ गरेको हो।

दुर्घटनापछि फरार रहेको गाडी फेला पार्नेलाई जिल्ला प्रहरी कार्यालय रुपन्देहीले २५ हजार पुरस्कार दिने घोषणा गरेको थियो। गाडीको रङ र सडकमा भेटिएको गाडीको अगाडि भागमा रहेको स्टिरकलाई आधार मानी प्रहरीले सूचना जारी गरेको थियो।

घटनास्थलमा भेटिएको र गाडीचालकले फेसबुकमा पोस्ट गरेको तस्बिरमा देखिएको रातो ताराको स्टिकर मिलेको आधारमा रुपन्देहीको रोहिणी गाउँपालिका– ३ घर भएका २३ वर्षीय अजयकुमार चौधरीलाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रहरी उपरीक्षक रवीन्द्र रेग्मीले जानकारी दिए।

सोमबार बिहान करिब ५ बजेको समयमा छठ पूजामा सहभागी हुन रोहिणी नदीतर्फ जाँदै गरेका ओमसतिया– ४ की १४ वर्षीया सीमा कुर्मी, २८ वर्षीया प्रमिला कुर्मी र ३५ दिने शिशुको गाडीको ठक्करबाट मृत्यु भएको थियो। दुर्घटनामा शिशुकी आमा २४ वर्षीया बन्दना कुर्मी र सोही ठाउँ बस्ने २६ वर्षीया मन्जु कुर्मी घाइते छन्।

दुर्घटनास्थलमा गाडीको अगाडिको भाग भेटिएको र सोही प्रमाणमा एउटा तारा स्टिकर टाँसेको थियो। सो आधारमा फरार गाडीचालकको फेसबुकमा सोही स्टिरकमाथि खुट्टा राखी फोटो फेसबुकमा पोस्ट गरेको भेटिएको सूचनाका आधारमा प्रहरीले चौधरीलाई नियन्त्रणमा लिएको हो।

दुर्घटनामा प्रयोग भएको बा.८च ६५३२ नम्बरको गाडी सिद्धार्थनगर नगरपालिका– ४ पिप्रहियामा त्रिपालले छोपेर राखेको अवस्थामा बरामद भएको प्रहरीले जनाएको छ। चालक चौधरी भने भैरहवाको गल्लामणिबाट पक्राउ परेका हुन्। उनलाई अदालतमा म्याद थप गरी अनुसन्धान प्रक्रिया अगाडि बढाइने जिल्ला प्रहरी कार्यालयका डिएसपी श्यामु अर्यालले बताए।