१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ श्रावण ११ शुक्रबार
  • Saturday, 07 September, 2024
तस्बिर : संजित परियार/नयाँ पत्रिका
नयाँ पत्रिका काठमाडौं
२o८१ श्रावण ११ शुक्रबार १७:५३:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

जहाज दुर्घटना : परिवारले पाँच शव बुझे

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ श्रावण ११ शुक्रबार १७:५३:oo

सौर्य एयरलाइन्सको जहाज दुर्घटनामा ज्यान गुमाएकाहरूमध्ये पाँचवटा शव परिवारले बुझेका छन्। ज्यान गुमाएका १८ जनामध्ये पाँचजनाको शव शुक्रबार परिवारले त्रिवि शिक्षण अस्पतालबाट बुझेका हुन्।

अस्पतालका अनुसार सबै शवको पोस्टमार्टम सकिइसकेको छ। यद्यपि, बिमा, क्षतिपूर्तिलगायतको विषय स्पष्ट नभएकाले अधिकांश परिवारले शव बुझ्न अस्वीकार गरेका छन्।

गत बुधबार बिहान नियमित परीक्षणका लागि सौर्य एयरलाइन्सको जहाज सिआरजे–२००  पोखरा लैजाने क्रममा भुइँ छोडेको २० सेकेन्डमै दुर्घटनामा परेको थियो।