१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ श्रावण ११ शुक्रबार
  • Saturday, 07 September, 2024
रासस काठमाडौं
२o८१ श्रावण ११ शुक्रबार १८:२७:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

कल बाइपास गरेको आरोपमा दुईजना पक्राउ

Read Time : < 1 मिनेट
रासस, काठमाडौं
नयाँ पत्रिका
२o८१ श्रावण ११ शुक्रबार १८:२७:oo

अवैध रूपमा अन्तर्राष्ट्रिय आगमन कल बाइपास (भिओआइपी) सञ्चालन गरेको अभियोगमा काठमाडौंबाट प्रहरीले दुईजनालाई पक्राउ गरेको छ।

पक्राउ पर्नेमा सिन्धुपाल्चोकको लिशंखुपाखर गाउँपालिका– ५ घर भई वनस्थली बस्ने ४० वर्षीय भूपेन्द्र श्रेष्ठ र झापा गौरीगन्ज गाउँपालिका– ४ घर भई कपन बस्ने २४ वर्षीय खुमप्रसाद गिरी रहेका छन्।

सरकारको कुनै पनि निकायबाट अनुमति नलिई गैरकानुनी रूपमा भिओआइपी सञ्चालन गरिरहेको भन्ने सूचनाका आधारमा नेपाल टेलिकम र एनसेलको प्राविधिक सहयोगमा केन्द्रीय अनुसन्धान ब्युरोबाट खटिएको प्रहरी टोलीले उनीहरूलाई पक्राउ गरेको हो।

प्रहरीले वनस्थली खरिबोटस्थित भूपेन्द्रको घरबाट भिओआइपीमा प्रयोग गरिएका विभिन्न उपकरण, राउटर एक थान, आठ पोर्टको भिओआइपी गेटवे एक थान, इन्भर्टर एक थान, ब्याट्री एक थान, नेपाल टेलिकमको सिमकार्ड एक थान र एनसेलको सिमकार्ड नौ थान बरामद गरेको छ।

उनीहरूमाथि दूरसञ्चार ऐन, २०५३ अन्तर्गतको कसुरमा जिल्ला अदालत काठमाडौंबाट पाँच दिन म्याद थप अनुमति लिई आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।