तामाकोसी नदी–किनारको फाँटमा झुल्दै गरेको धानबाली । यी रामेछापको सदरमुकाम मन्थलीनजिकै हात्तीटार र टारी भन्ने ठाउँमा रहेका फाँट हुन् । यस वर्ष करिब १३ लाख ९० हजार हेक्टर क्षेत्रफलमा रोपाइँ भएको कृषि मन्त्रालयको तथ्यांक छ । यो कुल धानखेतीयोग्य क्षेत्रफलको करिब ९२ प्रतिशत हो ।
तस्विर : संजित परियार/नयाँ पत्रिका