मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणनयाँ यात्रा २०२५अर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश२०औं वार्षिकोत्सव बिशेषांक
  • वि.सं २o७९ कार्तिक ६ आइतबार
  • Wednesday, 02 September, 2026
नयाँ पत्रिका इस्लामावाद
२o७९ कार्तिक ६ आइतबार १८:३५:oo
Read Time : < 1 मिनेट
विश्व डिजिटल संस्करण

बाढीपहिरोका कारण पाकिस्तानमा यो वर्ष १७ सयभन्दा बढीको मृत्यु, करिब १३ हजार घाइते

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, इस्लामावाद
नयाँ पत्रिका
२o७९ कार्तिक ६ आइतबार १८:३५:oo

पाकिस्तानमा यो वर्षको वर्षायाममा बाढीपहिरोमा परी ज्यान गुमाउनेको संख्या एक हजार सात सय ३१ पुगेको छ भने १२ हजार आठ सय ६७ जना घाइते भएका छन्। बाढीका कारण ६ सय ४५ जना बालबालिका तथा तीन सय ५० जना महिलाको मृत्यु भएको राष्ट्रिय विपद् व्यवस्थापन प्राधिकरणले जनाएको हो।

दक्षिणी प्रान्त सिन्ध बाढीबाट सर्वाधिक प्रभावित भएको जनाउँदै उक्त प्राधिकरणले त्यहाँ सात सय ९२ जनाको मृत्यु भएको बताएको छ। दक्षिणपश्चिमी प्रान्त बलुचिस्तानमा तीन सय ३६ र उत्तरपश्चिमी प्रान्त खैबरपख्तुनख्वा प्रान्तमा तीन सय आठ र पूर्वी पञ्जाब प्रान्तमा दुई सय २३ जनाले ज्यान गुमाएका छन्। 

पाकिस्तानका ८५ जिल्लाका ३३ लाखभन्दा बढी नागरिक बाढीबाट प्रभावित भएका छन्। बाढीग्रस्त क्षेत्रमा प्राधिकरणका साथै अन्य सरकारी एवं गैरसरकारी संस्थाले उद्धार तथा राहतका कार्यक्रम सञ्चालन गरिरहेका छन्।