Skip This
एल साल्भाडोर प्रहरीद्वारा संदिग्ध गिरोहका ५५ हजार पक्राउ
१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७९ असोज २९ शनिबार
  • Friday, 26 July, 2024
रासस सान साल्भाडोर
२o७९ असोज २९ शनिबार १३:५५:oo
Read Time : < 1 मिनेट
विश्व डिजिटल संस्करण

एल साल्भाडोर प्रहरीद्वारा संदिग्ध गिरोहका ५५ हजार पक्राउ

Read Time : < 1 मिनेट
रासस, सान साल्भाडोर
नयाँ पत्रिका
२o७९ असोज २९ शनिबार १३:५५:oo

राष्ट्रपति नायब बुकेले सात महिनाअघि आपराधिक समूहहरूविरुद्ध 'युद्ध' घोषणा गरेदेखि हालसम्म एल साल्भाडोरमा प्रहरीले कथित गिरोहका ५५ हजारभन्दा बढी सदस्यहरूलाई पक्राउ गरेको छ।

सरकारले वारेन्टबिना नै त्यस्ता संदिग्धहरूलाई पक्राउ गर्न आपतकालीन अधिकार दिएको गत मार्चदेखि अहिलेसम्म गिरोहका ५५ हजारभन्दा बढी पक्राउ परेका मन्त्री गुस्ताभो भिल्लाटोरोले बताएका छन्। कुल ६५ लाख जनसंख्या रहेको देशमा विद्रोही गिरोहका सदस्यहरू पक्राउ पर्ने क्रम बढ्दो छ।

'हामीले (संगठित अपराधविरुद्ध) युद्ध जित्दै छौँ र यी आतंककारीहरूलाई पक्राउ गर्न हरेक दिन हजारौँ प्रहरी र सिपाहीहरू तैनाथ गरिरहनेछौँ,' भिल्लाटोरोले उल्लेख गरेका छन्। प्रहरी र सैन्य बलहरूले एक हजार ६४४ थान बन्दुक,  दुई हजार २६ सवारीसाधन, १२ हजार ८४२ सेलफोन र १२ लाख मिलियन डलर बरामद गरेको बताइएको छ।

कैदीहरूको बढ्दो संख्यालाई लक्षित गर्दै साल्भाडोरका न्यायिक अधिकारीहरूले देशको मध्य भागमा रहेको ग्रामीण क्षेत्र टेकोलुकामा ४० हजार कैदी अट्न सक्ने क्षमताको जेल निर्माण गरिरहेका छन्। उक्त डिटेन्सन सेन्टर यस वर्षको अन्त्यसम्ममा सम्पन्न हुने अपेक्षा गरिएको छ।