१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७९ असोज २६ बुधबार
  • Saturday, 21 September, 2024
२o७९ असोज २६ बुधबार १४:३४:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

स्वतन्त्र उम्मेदवारी फिर्ता गराउन प्रहरी परिचालन !

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o७९ असोज २६ बुधबार १४:३४:oo

बारा क्षेत्र नम्बर ४ (क) मा स्वतन्त्र उम्मेदवारी दर्ता गराएकी नारायणी रायमाझी   (निरू) को उम्मेदवारी फिर्ता गराउन प्रहरी परिचालन गरिएको छ।

सत्तागठबन्धनका उम्मेदवारविरुद्ध परेको रायमाझीको उम्मेदवारी फिर्ता गराउन सत्ताको पावर देखाउँदै प्रहरीसमेत परिचालन गरिएपछि केहीबेर सिमराको एक होटेल क्षेत्र तनावग्रस्त बनेको छ।

आफ्ना शुभेच्छुकमाझ सिमराको एक होटेलमा बसिरहेकी रायमाझीलाई लिन इलाका प्रहरी कार्यालय सिमराका डिएसपी युवराज तिमल्सिनाको टोली होटेलमै पुगेको थियो।

डिएसपी तिमल्सिनाले आफूहरूलाई रायमाझी अपहरणमा परेको सूचना आएकाले आफूसँग हिँड्न आग्रह गरेका थिए। रायमाझीका समर्थकको अवरोधपछि डिएसपी तिमल्सिनाको टोली करिब आधा घन्टापछि होटेलबाट फर्किएको थियो।

सत्तारूढ दलका शीर्ष नेताबाट उम्मेदवारी फिर्ता गराउन भएको प्रयास असफल भएपछि प्रहरीसमेत परिचालन गरिएको र आफ्नो अपहरण नभएको उम्मेदवार रायमाझीले बताइन् । रायमाझी नेपाली कांग्रेसमा आबद्ध थिइन्।