१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७९ असोज २६ बुधबार
  • Wednesday, 26 June, 2024
नयाँ पत्रिका काठमाडाैं
२o७९ असोज २६ बुधबार १o:२५:oo
Read Time : < 1 मिनेट
ad
ad
ad
ad
स्वास्थ्य र जीवनशैली प्रिन्ट संस्करण

‘सिक्स प्याक एब्स’का लागि यस्तो व्यायाम 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
२o७९ असोज २६ बुधबार १o:२५:oo

अहिले युवापुस्तामा शारीरिक सुगठनप्रतिको मोह बढ्दै गएको छ । त्यसमा पनि सिक्स प्याक एब्स बनाउने ध्याउन्नमा अधिकांश युवा फिटनेस सेन्टर धाइरहेका हुन्छन् । तर, सिक्स प्याक एब्स बनाउन त्यति सजिलो भने छैन । यसका लागि शारीरिक व्यायाम निकै महत्वपूर्ण हुन्छ । 

कार्डियो व्यायाम : कार्डियोलाई एरोबिक व्यायाम पनि भनिन्छ, यो शरीरमा भएको बोसो घटाउनका लागि गरिन्छ । नियमित कार्डियो एक्सरसाइज गर्दा छोटो समयमा पेटको बोसो घटेर जान्छ । यसका लागि प्रत्येक दिन कार्डियो व्यायाम सहज बनाउन दौड, बाइकिङ, साइक्लिङ र पौडीजस्ता आफूलाई मन पर्ने खेल खेल्न सकिन्छ । 

मांसपेशीको व्यायाम : ‘सिक्स प्याक एब्स’का लागि अर्काे महत्वपूर्ण मांसपेशीको व्यायाम हो । यो व्यायाम गर्दा  शरीरका मांसपेशी बढ्नुका साथै बलिया हुन्छन् । जसले गर्दा शरीर सुगठित भएर जान्छ । तर, यसका लागि नियमित सन्तुलित भोजन गर्न आवश्यक छ । यसमा क्रन्च, लङ आर्म क्रन्च र रिजर्ब क्रन्च आदि अभ्यास गर्न पनि गर्न सकिन्छ । 

उच्च प्रोटिन : उच्च प्रोटिनयुक्त खानाको सेवनले पेटसँगै शरीरको मोटोपना घटाउन सजिलो हुन्छ । प्रोटिनको सेवनले अन्य क्यालोरीयुक्त पदार्थको आवश्यकता कम हुन्छ । भोक कम लाग्ने भएकाले दैनिक खानासमेत कम खाइन्छ । त्यस्तै, प्रोटिनले अभ्यासको समयमा मांसपेशी बलियो बनाउने भएकाले हड्डीमा समस्या आउँदैन ।

ad
ad
ad
ad