१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
नयाँ पत्रिका काठमाडाैं
२०७९ असोज २२ शनिबार ०७:२६:००
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

प्रचण्डको निर्णयलाई डा. बाबुराम भट्टराईले गरे स्वागत

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
२०७९ असोज २२ शनिबार ०७:२६:००

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रतिनिधिसभाको निर्वाचनमा गोरखा क्षेत्र नम्बर २ बाट उम्मेदवारी दिने घोषणा गरेका छन्। यसअघि ०७४ सालको निर्वाचनमा चितवन क्षेत्र नम्बर ३ बाट विजयी भएका प्रचण्डले यसपटक भने गोर्खा रोजेका हुन्। 

प्रचण्डको यस निर्णयलाई डा. बाबुराम भट्टराईले स्वागत गरेका छन् । उनले सामाजिक सञ्जालमार्फत भनेका छन्, ‘मैले प्रतिनिधित्व गर्दै आएको गोरखा- २ बाट यसपटक क. पुष्पकमल दाहाल प्रचण्ड प्रत्याशी बन्ने निर्णयको म अन्तरहृदयदेखि स्वागत गर्दछु। वर्तमान नेपाल राज्यको उदगमथलो लिगलिगकोटसमेत रहेको यस क्षेत्रबाट उहाँको उम्मेदवारी निकै ठूलो सांकेतिक महत्वको छ। उहाँको शानदार विजयको हार्दिक शुभकामना !’