मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्व१७औँ वार्षिकोत्सव विशेषांकफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७९ असोज २० बिहीबार
  • Thursday, 19 December, 2024
२o७९ असोज २० बिहीबार १४:२७:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

करेन्ट लागेर दाजु–भाइको मृत्यु, आमा–छोरा घाइते

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o७९ असोज २० बिहीबार १४:२७:oo

करेन्ट लागेर धनुषाको जनकपुरधाममा दाजु–भाइको मृत्यु भएको छ भने आमा–छोरा घाइते भएका छन् ।आफ्नै घरमा पानी तान्ने मोटरमा तार जडान गर्ने क्रममा करेन्ट लागेर जनकपुरधाम उपमहानगरपालिका– २३ का ६० वर्षीय दिनेश चौधरी र उनका ५४ वर्षीय भाइ रामेश्वर चौधरीको मृत्यु भएको हो ।

करेन्ट लागेर गम्भीर घाइते दुवैजनाको जनकपुरधामस्थित प्रादेशिक अस्पतालमा उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायव उपरीक्षक दीपक रायले जानकारी दिए । 

करेन्ट लागेर दिनेशकी श्रीमती निर्मलादेवी र छोरा मुकेश घाइते भएका छन् । आमा–छोराको जनकपुरधामस्थित प्रादेशिक अस्पतालमा उपचार भइरहेको छ ।