१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २१ शुक्रबार
  • Friday, 03 May, 2024
२o८१ बैशाख २१ शुक्रबार १४:२१:oo
Read Time : < 1 मिनेट
ad
ad
समाचार डिजिटल संस्करण

चितवन क्षेत्र नम्बर ३ मा प्रचण्ड नै हुनुपर्नेमा जोड

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ बैशाख २१ शुक्रबार १४:२१:oo

आगामी मंसिरमा हुने संघीय निर्वाचनका लागि चितवनको क्षेत्र नम्बर ३ मा  नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ नै हुनुपर्नेमा जोड दिएका छन् ।

बिहीबार भरतपुर महानगरपालिकाकी मेयर रेणु दाहाल, गठबन्धनबाट निर्वाचित वडाध्यक्ष र उद्योगी–व्यवसायीले प्रचण्डलाई भेटेर उनलाई नै ३ नम्बर क्षेत्रको उम्मेदवार बन्न जोड गरेका हुन् । उनीहरूले प्रचण्डसँगै वरिष्ठ नेता नारायणकाजी श्रेष्ठ, कांग्रेस महामन्त्री गगनकुमार थापालाई समेत भेटेका थिए । 

वडाध्यक्ष राम गोदारका अनुसार प्रचण्ड चितवनबाहिर जाँदा राजनीतिमा दुर्घटना हुन सक्ने भन्दै चितवनमै उम्मेदवार बन्न अनुरोध गरेको बताए । ‘गठबन्धनका हामी सबै वडाध्यक्षले गठबन्धनको उम्मेदवार बन्न अपिल गरेका छौँ,’ उनले भने ।

ad
ad