१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७९ असोज २० बिहीबार
  • Saturday, 28 September, 2024
२o७९ असोज २० बिहीबार o९:५८:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

कारको ठक्करबाट २१ वर्षीया युवतीको मृत्यु

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o७९ असोज २० बिहीबार o९:५८:oo

भैरहवा-परासी सडकखण्डको धकधईमा कारले स्कुटरलाई ठक्कर दिँदा २१ वर्षीया युवतीकाे मृत्यु भएको छ । बुधबार साँझ लु.४१.प ९८७ नम्बरको स्कुटीलाई लु.१ज २८५३ नम्बरको कारले ठक्कर दिँदा स्कुटीमा सवार झरना चौधरीकाे मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जानकारी दिएको छ । 

तिलोत्तमा– ३ सिर्जनानगर स्थायी घर भएकी उनी घरमा दसैँ मनाएर मामाघर नवलपरासी टीका लगाउन जाँदै थिइन् । धकधईमा कारको ठक्करबाट गम्भीर घाइते बनेकी चौधरीलाई उपचारका लागि भीम अस्पताल पुर्‍याउँदा डाक्टरले मृत घोषित गरेका थिए ।

चौधरी अनेरास्ववियु जिल्ला कमिटी रुपन्देहीकी सहसचिव हुन् ।