मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १५ बिहीबार
  • Thursday, 28 March, 2024
प्रथम भएका दलबहादुर कुँवर, दोस्रो भएका भाट र तेस्रो भएका मेयोङबा (दायाँदेखि बायाँ)
२०७९ असोज १३ बिहीबार १७:११:००
Read Time : < 1 मिनेट
खेलकुद डिजिटल संस्करण

पाथीभरा म्याराथनको उपाधि जुम्लाका कुँवरलाई

Read Time : < 1 मिनेट
२०७९ असोज १३ बिहीबार १७:११:००

ताप्लेजुङमा भएको पाथीभरा म्याराथनको उपाधि दलबहादुर कुँवरले हात पारेका छन्। दौडमा सहभागी १३४ जनालाई पछि पार्दै निर्धारित ४२ किलोमिटर दुरी चार घण्टा १२ मिनेट २७ सेकेण्डमा पार गरेर कुँवर विजयी भएका हुन्।

जुम्लाको तातोपानी गाउँपालिका– ७ घर भएका कुँवर कर्णाली स्पोर्ट क्लबमा आबद्ध छन्। उनी यसअघि जुम्ला म्याराथन (५० किलोमिटर)मा दोस्रो र रुकुम म्याराथन (६५ किलोमिटर)मा पहिलो भएका थिए। पहिलो भएका कुँवरले नगद एक लाख ५१ हजार १५१ रुपैयाँ पुरस्कार प्राप्त गरेका छन्।

म्याराथनमा त्रिभुवन आर्मी क्लबका खगेन्द्रबहादुर भाट दोस्रो भएका छन्। उनले निर्धारित दुरी चार घण्टा १२ मिनेट ५७ सेकेन्डमा पूरा गरेका थिए। डोटीको शिखर नगरपालिका घर भई शिवदल गण गजुरीमा कार्यरत भाट सेनाको आन्तरिक प्रतिस्पर्धाहरूमा सहभागी हुँदै आएका छन्। दोस्रो भएका ३५ वर्षीय भाटले एक लाख एक हजार १११ रुपैयाँ पुरस्कार हात पारेका छन्।

त्यस्तै, निर्धारित दुरी चार घण्टा १२ मिनेट ५८ सेकेन्डमा पार गर्दै राजन मेयोङ्बा तेस्रो भए। त्रिभुवन आर्मी क्लबमा आबद्ध फिदिम नगरपालिका–११ घर भएका २३ वर्षीय मेयोङ्बा रणशेर गण फिदिममा कार्यरत छन्। तेस्रो भएका उनले ५१ हजार १११ रुपैयाँ पुरस्कार जितेका म्याराथनका संयोजक योगेन्द्रकुमार गुरुङले बताए।  

पाथीभरा क्षेत्र विकास समिति, भीमकाली गुल्म तथा  पाथीभरादेवी मन्दिर क्षेत्र तथा संरक्षण सम्बर्द्धन समितिको आयोजनामा भइरहेको पाथीभरा म्याराथन तथा पर्यटन महोत्सवको तेस्रो दिन आज म्याराथन भएको हो। म्याराथन फुङलिङ बजारको पाथीभरा चोकदेखि सुरु भएर उकालीपानी–सुकेटार–देउराली–काफ्लेपाटी–ठुलोफेदी हुँदै पाथीभरा मन्दिर पुगी तोक्मेडाँडामा टुंगिएको थियो।

२०६३ सालदेखि सुरु भएको पाथीभरा म्याराथन तथा पर्यटन महोत्सब यस वर्ष दसैँको अवसर पारेर आयोजना गरिएको हो।