१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २० बिहीबार
  • Thursday, 02 May, 2024
२o८१ बैशाख २० बिहीबार o७:३२:oo
Read Time : < 1 मिनेट
ad
ad
अर्थ प्रिन्ट संस्करण

आजबाट लुम्बिनीका बिजुली बस निःशुल्क सञ्चालनमा आउने

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ बैशाख २० बिहीबार o७:३२:oo

लुम्बिनीमा लामो समयदेखि थन्किएर बसेका बिजुली बस सञ्चालनमा आउने भएको छ । बुधबार जिल्ला प्रशासन कायालय रुपन्देहीमा बसेको सरोकारवालाको बैठकले बिहीबारदेखि बिजुली बस सञ्चालनमा ल्याउने निर्णय गरेको रुपन्देहीका प्रमुख जिल्ला अधिकारी भरतमणि पाण्डेयले जानकारी दिए । गृहमन्त्री बालकृष्ण खाणले लुम्बिनीमा रहेका गाडी चल्न नसक्नुका कारण २४ घन्टाभित्र जानकारी दिन निर्देशन दिएलगत्तै जिल्ला प्रशासन कार्यालय रुपन्देहीले सरोकारवालाहरूबीच बैठक राखी बिहीबारदेखि गाडी चलाउने निर्णय गरेको हो । पर्यटकको सुविधाका लागि एसियाली विकास बैंक (एडिबी)ले लुम्बिनी विकास कोषलाई अनुदानमा दिएका सवारीसाधन तीन वर्षदेखि थन्किएर बस्दा चौतर्फी आलोचना बढेको थियो । बिहीबारदेखि पाँचवटा बस सञ्चालनमा आउनेछन् रुपन्देहीका प्रमुख जिल्ला अधिकारी पाण्डेयले भने ।  

पाँचवटा बस विभिन्न रुटमा चलाउने निर्णय भएको छ, त्यसका लागि आवश्यक चालक र सहचालक नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी, लुम्बिनी विकास कोष र लुम्बिनी होटेल संघ नेपालले एक–एकवटा गाडीको जिम्मेवारी लिने सहमति भएको छ, कोषका कोषाध्यक्ष सिद्धिचरण भट्टराईले बताए ।

पाँचवटा बसमध्ये एउटा बस बुटवल भैरहवा बेलहिया एयरपोर्ट हुँदै लुम्बिनी, दोस्रो बस बेलहिया भैरहवा एयरपोर्ट हुँदै लुम्बिनी, तेस्रो बस नवलपरासी रामग्राम भैरहवा बेलहिया एयरपोर्ट हुँदै लुम्बिनी, चौथो बस कपिलवस्तु तिलौराकोटबाट लुम्बिनी र पाँचाँै बस लुम्बिनीवरिपरि सञ्चालन हुने रुट तय गरिएको छ । 

कोषले सबै विद्युतीय बस तथा भ्यान भने १५ असोजदेखि परीक्षण सञ्चालनमा ल्याउनेछन् । लुम्बिनी विकास कोषको मंगलबार बसेको कोषको सचिवालय बैठकले नम्बरप्लेट परिवर्तन नभए पनि दसैँको उपलक्ष्यमा पाँच दिन चार्जिङ स्टेसन र गाडीहरूको मेसिनरी परीक्षणस्वरूप अफिसियल यान्त्रिक परीक्षणका लागि विद्युतीय गाडी सञ्चालन गर्ने निर्णय गरेको थियो ।

ad
ad