Skip This
संखुवासभामा दसैँ नजिकिँदै गर्दा चाडपर्वलक्षित बजार अनुगमन 
१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७९ असोज १२ बुधबार
  • Tuesday, 13 May, 2025
नवीन गुरुङ संखुवासभा
२o७९ असोज १२ बुधबार १९:१o:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

संखुवासभामा दसैँ नजिकिँदै गर्दा चाडपर्वलक्षित बजार अनुगमन 

Read Time : < 1 मिनेट
नवीन गुरुङ, संखुवासभा
नयाँ पत्रिका
२o७९ असोज १२ बुधबार १९:१o:oo

नेपालीहरूको महान पर्व दसैँ नजिकिँदै जाँदा संखुवासभामा बजार अनुगमनले तीव्रता पाएको छ। मंगलबार र बुधबार लगातार रूपमा घरेलु तथा साना उद्योग कार्यालय, जिल्ला प्रशासन कार्यालय, संखुवासभा उद्योग वाणिज्य संघ, खाँदबारी नगरपालिका, जिल्ला प्रहरी कार्यालय र सञ्चारकर्मीहरूको टोलीले संयुक्त रूपमा बजार अनुगमन गरेको हो। 

उक्त टोलीले खुद्रा तथा डिलर खाद्यान्नलगायतका पसल तथा व्यापार व्यवसायहरूको अनुगमन गरिएको घरेलु तथा साना उद्योग कार्यालयका प्रमुख प्रेमचन्द्र कुलुङले बताए। जिल्लाको सरोकारवाला निकायले मुख्य बजारहरूको अनुगमन सुरु गरेको हो। जिल्ला प्रशासन कार्यालय, घरेलु तथा साना उद्योग कार्यालय, करदाता सेवा कार्यालय, उद्योग वाणिज्य संघलगायतका कार्यालयहरूले जिल्लाको विभिन्न क्षेत्रका बजारहरू अनुगमन गर्न थालेका हुन्। 

सरोकारवाला निकायहरूले लगातार मानेभञ्ज्याङ, तुम्लिङटार र खाँदबारीका केही बजार तथा पसलहरूमा अनुगमन गरेको घरेलु तथा साना उद्योग कार्यालयका प्रमुख कुलुङको भनाइ छ। उनको अनुसार जिल्लाभर खाँदबारी, मानेभञ्जाङ बजार, चैनपुर, मादी, चिचिला बजार, नुम, बाह्रबिसेलगायतका बजार क्षेत्रमा अनुगमन गरिएको हो।

चाडपर्वको समयमा अन्यको तुलनामा खरिद बिक्री बढी हुने र त्यही क्रममा म्याद गुज्रिएका तथा अखाद्य सामग्रीहरू खरिद बिक्री हुने सम्भावना भएकोले त्यसको निगरानीको लागि अनुगमन सुरु गरिएको जनाएको छ। विभिन्न खाद्य वस्तुहरूको अस्वाभाविक मूल्य वृद्धि, कालो बजारीजस्ता गतिविधि रोक्नका लागिसमेत बजार अनुगमन सुरु गरिएको हो।