मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ४ मंगलबार
  • Tuesday, 16 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०७९ असोज ११ मंगलबार १४:५२:००
Read Time : > 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

पोखरा भित्रिने पर्यटकलाई विमानस्थलमा बाजागाजासहित भव्य स्वागत

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७९ असोज ११ मंगलबार १४:५२:००

४३औँ पर्यटन दिवसको अवसर पारेर पोखरा भित्रिने पर्यटकलाई स्वागत गरिएको छ। 

पोखरामा पर्यटन, उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय गण्डकी प्रदेश, नेपाल पर्यटन बोर्ड गण्डकी प्रदेश र पोखरा पर्यटन परिषद्को संयुक्त आयोजनामा मंगलबार पोखरा विमानस्थलमा पहिलो उडानमार्फत पोखरा पुगेका पर्यटकलाई बाजागाजासहित स्वागत गरिएको हो।
 
कार्यक्रममा पर्यटकलाई गण्डकी प्रदेशका शिक्षा, संस्कृति, विज्ञान, प्रविधि तथा सामाजिक विकासमन्त्री मेखलाल श्रेष्ठ, पर्यटन बाेर्ड गण्डकी प्रदेशका प्रमुख काशीराज भण्डारी र पोखरा पर्यटन परिषद्का अध्यक्ष पोमनारायण श्रेष्ठले खादासहित सम्मान गए। 

उक्त अवसरमा पोखरामा रहेका विभिन्न पर्यटकसम्बद्ध संघसंस्थाका प्रमुख तथा प्रतिनिधिको उपस्थिति थियो । पोखरा पर्यटन परिषद्का अध्यक्ष पोमनारायण श्रेष्ठका अनुसार विमानबाट पहिलो ओर्लने भारतीय पर्यटक भारती पाण्डे, दोस्रो स्पेनका नागरिक इर्न अर्टिज रोवियो र तेस्रो स्पेनकै जेन्से कार्कोसलाई खादा र प्रमाणपत्रसहित स्वागत गरिएको हो।

त्यस्तै, पोखरा पर्यटन परिषद्का महासचिव सञ्जयकान्त सिग्देलले काठमाडौंमा आउने विभिन्न अन्तर्राष्ट्रिय एयरलाइन्स कम्पनीका प्रतिनिधिलाई पोखरा विमानस्थल अवलोकनका लागि बोलाइएको र पर्यटन प्रवर्द्धनबारे छलफल गर्ने बताए। 

उनले भने, ‘पोखरा अन्तर्राष्ट्रिय विमानस्थल देखाउँछौँ। काठमाडौंमा आउने विभिन्न अन्तर्राष्ट्रिय एयरलाइन्स कम्पनीका प्रतिनिधिलाई पोखरा बोलाएका छौँ। कोभिडपछि अब हामी पूर्ण रूपमा पर्यटन व्यवसाय सञ्चालन तयार छौँ। पोखरालाई पर्यटनसँग झनै धेरै जोड्नका लागि कार्यक्रम गरिरहेका छौँ।’ 

उनीहरूलाई प्रमाणपत्र प्रादन गरेर र खादा लगाइदिएर मन्त्री श्रेष्ठले स्वागत गरेका थिए। श्रेष्ठले उनीहरू तीनजनासहित पहिलो उडानमार्फत पोखरा भित्रिने पर्यटकका लागि विभिन्न प्याकेजमा छुटको व्यवस्था गरिएको जानकारी दिए। 

पर्यटन दिवसको अवसर पारेर पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलको अवलोकन, अन्तर्क्रियासँगै पोखराको राष्ट्र बैंक चोकस्थित पर्यटन बसपार्कमा बसमा यात्रा गरेर आउने पर्यटकलाई स्वागत गरिएको छ। 

यसका साथै पोखरास्थित विभिन्न पर्यटनसम्बद्ध संघसंस्थाले विभिन्न कार्यक्रम गरेर विश्व पर्यटन दिवस मनाउँदै छन् । नयाँ विमानस्थल छिटो सञ्चालनमा ल्याउनसमेत माग गरेका छन्। साँझ पोखराको लेकसाइडमा मिनीसडक महोत्सवको आयोजना गरिएको छ।