मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं २o७९ असोज १० सोमबार
  • Saturday, 12 July, 2025
२o७९ असोज १० सोमबार १९:४१:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

श्रमिक सहायता केन्द्र स्थापना गर्ने राजदूत पौडेलको प्रतिबद्धता

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o७९ असोज १० सोमबार १९:४१:oo

मलेसियाका लागि नवनियुक्त नेपाली राजदूत डिल्लीराज पौडेलले मलेसियामा नेपाली श्रमिकहरूले भोगेका समस्या समाधानका लागि श्रमिक सहायता केन्द्र स्थापना गर्ने प्रतिबद्धता जनाएका छन्। गैरआवासीय नेपाली संघसहित मलेसियामा रहेका नेपाली संघ-संस्थाहरूले आयोजना गरेको स्वागत कार्यक्रममा राजदूत पौडेलले घर फिर्ती, तलब सुविधा, आवास, कानुनी समस्या तथा स्थानीय प्रशासनसँग सम्बन्धित समस्यालाई तत्काल समाधान गर्न २४ सै घण्टा श्रमिक सहायता केन्द्र सञ्चालन गरिने बताए। 

विषम् परिस्थितिमा जोखिममा परेका नागरिकहरूको उद्धार तथा समस्या समाधानका लागि कल सेन्टर, कानुनी सहायता तथा सेल्टरलाई व्यवस्थित गरिने उनले बताए। सो अवसरमा राजदूत पौडेलले मलेसियामा रहेका नेपाली संघ संस्थाहरूसँग समन्वय तथा सहकार्यलाई विशेष महत्व दिने तथा दूतावास पुग्न नसक्ने स्थानमा नेपाली संघ संस्थाहरूलाई परिचालन गर्ने योजना रहेको बताए।

नेपाल सरकार तथा मलेसिया सरकारबीच सन् २०१८ अक्टोबरमा भएको श्रम समझदारीमा उल्लेखित श्रमिक अधिकारका विषयहरूको प्रभावकारी कार्यन्वयन आफ्नो प्राथमिकतामा रहेको उनको भनाइ छ। सो अवसरमा उनले मलेसियामा रहेका नेपालीहरूलाई औपचारिक च्यानल (बैंकिङ च्यानल)बाट मात्र रेमिट्यान्स पठाउन आग्रह गर्दै हुन्डीलगायत अवैध माध्यमको प्रयोगलाई नियन्त्रण गर्ने बताए।

मुलुकको हितका लागि नेपाल-मलेसियाबीचको सम्बन्ध समधुर बनाउन आफू लागिपर्ने उनले बताए। क्वालालाम्पुरस्थित होटेल ग्रान्ड कन्टिनेन्टलमा भएको कार्यक्रममा एनआरएनए मलेसियाका अध्यक्ष विनोद थापालगायतले पौडेललाई स्वागत गरेका थिए।