सशस्त्र प्रहरी बलको अतिरिक्त महानिरीक्षक (एआइजी) पदमा नायब महानिरीक्षक (डिआइजी) बंशी दाहालको बढुवा सिफारिस भएको छ ।
गृहसचिव विनोदप्रकाश सिंहको अध्यक्षतामा बिहीबार बसेको बढुवा समितिको बैठकले उनलाई सिफारिस गरेको हो ।
दुई साताअघि सरकारले सशस्त्रमा एआइजीको एक दरबन्दी थपेको थियो। बढुवाका लागि डिआइजीद्वय वंशी दाहाल र किशोर प्रधानले आफ्नो फर्म भरेका थिए। दाहालकै पहलमा सो पद थपिएकाले उनकै बढुवा सिफारिस भएको गृह मन्त्रालय स्रोत बताउँछ ।