Skip This
Skip This
मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०७९ भदौ ३१ शुक्रबार ०९:१०:००
Read Time : < 1 मिनेट
अर्थ प्रिन्ट संस्करण

ग्लोबल आइएमईका एससिटी डेबिट कार्ड प्रयोगकर्तालाई क्यासब्याक

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७९ भदौ ३१ शुक्रबार ०९:१०:००

ग्लोबल आइएमई बैंकका एससिटी डेबिट कार्ड प्रयोगकर्ताले दसैँमा ३३.३३ प्रतिशतसम्म क्यासब्याक प्राप्त गर्ने भएका छन् । बैंकले स्मार्ट च्वाइस टेक्नोलोजिज् (एससिटी)सँगको सहकार्यमा यसपालिको दसैँका लागि ‘एससिटी तथा युपिआई कार्डको दमदार दसैँ धमाका थ्रिडी अफर’ नामक योजना ल्याएको हो ।  

यो योजना हालसम्मकै सबैभन्दा ठूलो क्यासब्याक अफर भएको बैंकको दाबी छ । योजनाअनुसार कुनै पनि प्वाइन्ट अफ सेल (पस) टर्मिनलहरूमा भुक्तानी गरी कारोबार गर्ने एससिटी डेबिट कार्डहोल्डर ग्राहकले ३३.३३ प्रतिशत वा अधिकतम एक हजार रुपैयाँसम्म क्यासब्याक पाउने जनाइएको छ ।  योजनाले एससिटी कार्डहोल्डर ग्राहकलाई यस कार्डप्रति विश्वास बढाउन सकिने बैंकले जनाएको छ ।

असोज १ देखि दसैँभर चल्ने यो योजनामा कम्तीमा तीनवटा पस कारोबार गर्ने कार्डहोल्डरलाई पाँच सय रुपैयाँ तथा कम्तीमा ६ वटा पस कारोबार गर्ने कार्ड प्रयोगकर्तालाई एक हजार रुपैयाँ क्यासब्याक प्रदान गरिने जनाइएको छ । क्यासब्याक प्राप्त गर्न हरेकपटकको कारोबार भुक्तानी रकम कम्तीमा पाँच सय रुपैयाँ हुनुपर्ने र दिनको एउटा कारोबारलाई मात्र गणना गरिने बैंकले जनाएको छ । 

बैंकले देशका ७७ वटै जिल्लामा दुई सय ९० शाखा, दुई सय ७३ एटिएम, दुई सय ७५ शाखारहित बैंकिङ सेवा, ५१ एक्सटेन्सन तथा राजस्व संकलन काउन्टरका साथै तीनवटा वैदेशिक प्रतिनिधि कार्यालयमार्फत सेवा दिइरहेको जनाएको छ ।