Skip This
माओवादी चितवनका पूर्वअध्यक्ष इन्द्रजित एमाले प्रवेश
१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७९ भदौ ३० बिहीबार
  • Saturday, 27 July, 2024
२o७९ भदौ ३० बिहीबार १४:३६:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

माओवादी चितवनका पूर्वअध्यक्ष इन्द्रजित एमाले प्रवेश

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o७९ भदौ ३० बिहीबार १४:३६:oo

माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको गृहजिल्ला चितवनका पूर्वअध्यक्ष एवं जिल्लासहइन्चार्ज यमबहादुर परियार ‘इन्द्रजित’ एमाले प्रवेश गरेका छन्।

पाँचपटक माओवादीको चितवन जिल्लाअध्यक्ष तथा सेक्रेटरी भएर नेतृत्व गरेका परियार बिहीबार एमालेको केन्द्रीय पार्टी कार्यालयमा आयोजित पार्टी प्रवेश कार्यक्रममार्फत एमाले प्रवेश गरेका हुन्। परियार एमाले र माओवादी एकीकरण भएपछि बनेको नेकपाको पनि चितवन जिल्ला संयोजक थिए।

निर्वाचन नजिकिँदै गरेको समयमा परियारको एमाले प्रवेशलाई अर्थपूर्ण रूपमा हेरिएको छ। उनीसँगै माओवादी केन्द्रका भरतपुर महानगर कमिटी सहइन्चार्ज अञ्जन तिमिल्सिना पनि एमाले प्रवेश गरेका छन्। उनीहरूलाई अध्यक्ष केपी ओलीले एमाले प्रवेश गराएका हुन्।

पार्टी प्रवेश कार्यक्रममा एमाले उपाध्यक्ष रामबहादुर थापा, सुरेन्द्र पाण्डे, केन्द्रीय सदस्य देवी ज्ञवाली, जेएन थपलिया, जिल्ला अध्यक्ष रामप्रसाद न्यौपानेलगायतको सहभागिता रहेको थियो।